प्रमुख प्रतिपक्षी कांग्रेसको अबरोधबीच प्रदेश ४ को सरकारले मार्सल लगाएरै बजेटका लागि आवश्यक दुई विधेयक संसदमा पेश गरेको छ । असार १ गते प्रदेश सरकारले बजेट ल्याउँदैछ ।
प्रदेश सभाको बैठकमा कांग्रेसले प्रदेशका नाम सम्बन्धी विषयलाई छलफलमा ल्याउन माग गर्दै आइतबारको संसद बैठकमा नाराबाजी र अवरोध गरेको हो । कांग्रेसको अवरोध र नाराबाजीबीच आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेश कर तथा गैर कर राजस्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश वित्त व्यवस्थापन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरे ।
आईतबार लगातार दुई बैठक स्थगित भइ तेस्रो पटकको बैठकमा कांग्रेसको अवरोध र धकेलाधकेलबीच सरकारले मार्सल लगाएर विधेयक पेश गरेको हो । दिउँसो १ बजेका लागि बोलाइएको बैठक कार्यव्यवस्था परामर्श समितिमा सहमति नजुटेपछि ४.५५ बजे मात्रै सुरु भएको थियो । बैठक सुरु हुनेबित्तिकै कांग्रेसका सांसदले उठेर विरोध गरेका थिए ।
https://www.facebook.com/gandaknews/videos/835084346683819/
मर्यादा पालकको सहयोगमा कांग्रेसले अवरोधबीच विधेयक उपर छलफलको प्रक्रिया पूरा गरेको छ । काँग्रेसका सांसदहरु मन्त्री गुरुङलाई नै अवरोध गर्न माईक नै तोडफोड गर्ने गरी अघि बढेको थियो । मर्यादापालकको बलियो घेराले काँग्रेस सांसदलाई रोकेको थियो । संसदमा विधेयक पेश नभएको भए बजेट ल्याउन सरकारले अध्यादेशको बाटो लिनुपथ्र्यो ।
संसदमा छलफलका लागि विधेयक पेश भएको ७२ घन्टा पछिमात्रै पारित हुन परिपक्क हुन्छ । असार १ गते बजेट ल्याउन यो विधेयकको समय पुग्थेन । यसो हुँदा कर, राजस्व र वित्तीय सम्बन्धी व्यवस्था नभइ सरकारले बजेटका लागि अप्ठेरो पथ्र्यो ।
विधेयक पारित नभए बजेट अधिवेशन स्थगित गरेर अध्यादेशमार्फत बजेट ल्याउनुपर्ने कठिन अवस्था दुईतिहाई बहुमत प्रदेश सरकारलाई आउन सक्थ्यो । विधेयकमाथि ७२ घन्टाभित्र संशोधन प्रस्ताव पेश गर्न समय दिइएको छ ।
कांग्रेसले संसद अवरुद्ध गरेपछि संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई कार्यवाहक सभामुख सिर्जना शर्माले बोल्ने समय दिएकी थिइन् । नेपालीले कुनै पनि हालतमा नाम नटुंग्याएसम्म सदन चल्न नदिने धारणा राखे ।
असार १ गते बजेट ल्याउनै पर्ने भएकाले त्यसपछिमात्रै नामकरणबारे छलफल गर्न असार १० गतेको समय दिइएको थियो । प्रतिपक्ष दल कांग्रेसले भने पहिला दर्ता भएको विषयबारे पहिला छलफलमा ल्याउनुपर्ने अडान राखेको थियो ।
०७४ चैत १२ गते गठित प्रदेश राजधानी ताथ नामांकन समितिले जेठ २१ गतेको बैठकमा उपयुक्त नामलाई प्राथमिकीकरण गरी प्रदेश सभामा प्रतिवेदन बुझाएको थियो ।
सम्बन्धित खबर
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष अख्तियारको प्रतिवेदन पेस
नवप्रवर्तन र प्रविधिमैत्री शिक्षाका लागि एसओएस गण्डकी र एआईसीएनबीच सहकार्य
बेगनास तालमा डुबेर युवकको मृत्यु
सिटिजन फर्निचरमा दसैँतिहार अफर, ३० प्रतिशतसम्म छुट
यो पनि पढौँ
पोखरा लेकसाइडमा खुल्यो जापानी आतिथ्यसहितको ‘UNPLAN Pokhara Hotel and Retreat’
बिपुल क्षेत्रीको लाइभ कन्सर्ट कार्तिक १३ गते पोखरामा हुँदै
कास्कीबाट काँग्रेस महाधिवेशनमा पदाधिकारीसहित १० जनाको उम्मेदवारी
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त