पोखरा । सरकारले पेट्रोलियम पद्धार्थमा गरेको चरम मूल्यवृद्धिको विरोधमा प्रमुख प्रतिपक्षी दल काँग्रेस समर्थित विद्यार्थी संगठन नेवि संघले निकालेको मसाल जुलुसमा प्रहरीले अवरोध गरेको छ ।
यहाँकै सबैभन्दा ठूलो क्याम्पस पृथ्वीनारायण क्याम्पसको गेट परिसर बगरमा अहिले तनावको अवस्था छ । साढे ६ बजेतिरबाट प्रहरी र विद्यार्थीबीच झडप भएको छ । अहिले ढुंगामुढा चलिरहेको छ ।
https://www.facebook.com/gandaknews/videos/835740449951542/
नेविसंघकी विद्यार्थी नेतृ नमुना नेपाली र समिप केसीले बोकेको मसाल प्रहरीले नियन्त्रणमा लिन खोजेपछि झडप सुरु भएको थियो । राँके जुलुस निकाल्न नदिने आदेश भन्दै प्रहरीले राँका खोस्न थालेपछि झडप भएको हो ।।
नेविसंघ विद्यार्थीहरुले मसाल बोकेर पिएन क्याम्पस गेट अगाडि सरकार विरुद्ध नारा लगाएका थिए । मूल्यवृद्धि फिर्ता गर्, ओली सरकार मुर्दाबाद नारा घन्काएका थिए ।

प्रहरीले दुई राउण्ड अश्रुग्याँस प्रहार गरिसकेको घटनास्थल रहेका पत्रकार विजय नेपालीले जानकारी दिएका छन् । झडपमा प्रहरी र विद्यार्थी दर्जभन्दा बढी घाईते छन् । अहिलेसम्म दुई प्रहरी घाईते भएका छन् । एउटाको नाकमा चोट लागेको छ भने अर्का सामान्य छन् ।

प्रहरीको उपस्थिति बाक्लो बनाईएको छ । सवा ७ बजेसम्म पनि अवस्था सामान्य बन्न सकेको छैन ।

सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए