पोखरा । पोखरा लेखनाथ महानगरपालिका ७ शान्तिनगर चोक नजिकैको सटरको छेउमा बेवारिसे अवस्थामा एक नाबालक शिशु भेटिएको छ।
एक सटर अगाडी ब्ल्याङ्गकेट सहित भुइँमा सुताएर राखेको अवस्थामा सबेरै करिब एक-डेढ महिनाको नावालक भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। आमाबाबुको खोजी गर्दा पनि नभेटेपछि उनीहरुले प्रहरीलाई खबर गरेका हुन्।
प्रहरीले बच्चालाई तत्कालै उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पु¥याएको छ।बच्चालाई लामो समय बाहिर हावामा छाडेका कारण बच्चाको अस्वस्थ भएकोले उद्धार गरि तत्काल अस्पताल पुर्याइएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नविन कार्कीले गण्डकन्यूजलाई जानकारी दिए ।
राति नै बच्चालाई सटर छेउमा छाडिएका कारण स्वास्थ्य बिग्रिएको हो । बच्चालाई जन्डिस देखिएको र अहिले उपचार पश्चात बच्चाको अवस्था खतरा मुक्त रहेको डिएसपी कार्कीले बताए । उनका अनुसार बच्चालाई आफूले पाल्ने भन्दै धेरै संख्यामा ईच्छुक व्यक्ति आएका छन् । बाल कल्याण समितिले नियमानुसार प्रक्रिया अघि बढाउने उनले बताए ।
अहिलेसम्म कसैले बच्चा हराएको भन्ने खबर नगरेकोले बच्चाको अभिभावकलेनै नियतबस बच्चा छाडेर भागेको देखिन्छ ।
तस्विर: फेसबुकबाट
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए