पोखरा । पोखराका मुख्य चोकमा सवारी चलाउँदा कुनै सवारीले ठक्कर दियो ? वा, अन्त ठक्कर दिएर यी चोकहरु भएर भागे ? अब सिसिटिभी क्यामेराकै सहयोगमा ति सवारीहरु समातिन्छन् । यी चोकहरुको गतिविधि जिल्ला ट्राफिक प्रहरी कार्यालयबाटै प्रत्यक्ष हेर्न मिल्ने बनाइएको छ । हिट एण्ड रन केसलाई सघाउ पुग्ने विश्वास गरिएको छ ।
पोखराका मुख्य चोकहरुमा सिसी टिभी क्यामेरा जडान गरिएको छ । पोखराको मुख्य चोक पृथ्वीचोक, सभागृहचोक, र सिर्जना चोकमा सिसि टिभी क्यामेरा जडान गरिएको हो । बुधबार पृथ्वीचोकमा चारै दिशातर्फ जडान गरिसकिएको छ भने सभागृहचोकमा तीन वटा र सिर्जनाचोकमा चार वटा क्यामेरा जडान कार्य भईरहेको छ ।

लायन्स क्लब अन्तर्गत हेल्पिङ ह्याण्ड्स संस्थाले दुई वटा क्यामेरा सहितका सामाग्री, ड्राईभिङ संघले २ वटा क्यामेरा सहयोग गरेको र ५५ ईञ्च एलईडी टिभी देखि आवश्यक सम्पूर्ण सहयोग पोखरा लेखनाथ महानगरपालिका तथा वडा नं. ८ कार्यालयबाट प्राप्त भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए ।
‘मुख्य कुरा त चोकमा सवारीको गतिविधि हेर्नकै लागि यो जडान गरिएको छ । दुर्घटना हुँदा तत्काल पक्राउ गर्न यो फलदायी हुनेछ ।’ उनले भने – ‘मुख्य चोकहरुबाट यो सुरु भएको छ । चारै दिशा हामी यहीं बसेर हेर्न सक्छौं । यहीँबाट मोनिटर गरिन्छ । अपराध अनुसन्धानमा यसै रेकर्डको सहयोग लिईन्छ ।’
प्रहरी नायव निरिक्षक शिव थापाले दुर्घटना गराउने सवारी नियन्त्रणका लागि मात्र नभई यसले सवारी जामलाई प्रभावकारी ढंगले हटाउन सहयोग पुग्ने बताए । कहाँबाट जाम् भएको छ ? कसले लेन उल्लंघन गरेको छ ? प्रहरीले आफ्नो ड्युटी पुरा गरेको छ कि छैन ? वा राती अपराध गर्नेहरु समात्न समेत यो उपयोगी हुने उनले बताए ।

सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए