पोखरा, ७ असार । पश्चिमाञ्चलकै नम्बर वान एफएम बिग एफएम १०१.२ को ‘प्रोग्राम चिफ’मा शंकर तिवारी नियुक्त भएका छन् । पोखरा ब्रोडकास्टिङ मिडिया प्रा.लि.ले तत्काल लागू हुने गरी बुधबार सो पदमा तिवारीलाई नियुक्त गरेको हो ।
विगत ६ वर्ष देखि एफएममा कार्यरत तिवारी ‘प्रोडक्शन हेड’ का रुपमा रहेका थिए । १२ वर्ष अघिदेखि सञ्चार क्षेत्रमा निरन्तर कार्यरत तिवारीसँग पोखराको हिमचुली एफएम, बाराही एफएम, माछापुच्छ्रे एफएम र सुनौलो एफएममा काम गरेको अनुभव छ ।
कार्यक्रम उत्पादनदेखि विज्ञापन तथा समाचारसम्म कार्य अनुभव रहेका तिवारी मिलनसार छन् । कार्यक्रम प्रमुखको जिम्मेवारी पाएपछि तिवारीले रेडियोको शाखलाई जोगाउँदै समयसापेक्ष कार्यक्रम प्रसारणमा आफ्नो जोड रहने बताए । ‘युवा केन्द्रित रहेर एफएमले कार्यक्रम सञ्चालन गर्दै आएको छ । हरेक चाडपर्व लगायतका अवसरमा इभेण्ट आयोजना गर्दै आएको छ । यसलाई निरन्तरता दिँदै श्रोताका रुचीका आधारमा नयाँ कार्यक्रमहरु थपिनेछन् ।’ तिवारीले भने ।
प्रोग्राम चिफ् तिवारीले समाजका आफ्नो क्षेत्रमा विज्ञता हासिल गरेका रेडियोमैत्री व्यक्तित्व खोजी गर्दै रेडियोसँग सहकार्य गर्ने, श्रोताको सुझाव सल्लाहलाई सर्वोपरी ठान्दै सहकर्मीको साथमा अघि बढ्ने प्रतिबद्धता जनाए ।
एफएमका अध्यक्ष महेश भण्डारीले युवा जोशका साथ नवनियुक्त प्रोग्राम चिफले आफ्नो जिम्मेवारी पूरा गर्नेमा आफू विश्वस्त रहेको बताए । बिग आइकनलाई सफलतापूर्वक सम्पन्न गर्न तिवारीको भूमिका महत्वपूर्ण रहेको जनाउँदै भण्डारीले नयाँ भूमिकामा तिवारीको नियुक्तिले थप उर्जा मिलेको बताए ।
सम्बन्धित खबर
शान्ति श्रीस मगरको ‘जाम हिँड साइली’ सार्वजनिक
सती कथा संग्रहको विमोचन
उपन्यास ‘सन् एण्ड स्याडो’ लोकार्पण
७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस प्रभातफेरी कार्यक्रम गरी मनाइयो
पोखरा महानगर प्रहरी प्रमुख पुरुषोत्तमलाई हातपात गर्ने गोविन्द पक्राउ
पोखरामा अझै गुडिरहेका छन् २० वर्ष पुराना सवारीसाधन
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका