पोखरा, ७ असार । पश्चिमाञ्चलकै नम्बर वान एफएम बिग एफएम १०१.२ को ‘प्रोग्राम चिफ’मा शंकर तिवारी नियुक्त भएका छन् । पोखरा ब्रोडकास्टिङ मिडिया प्रा.लि.ले तत्काल लागू हुने गरी बुधबार सो पदमा तिवारीलाई नियुक्त गरेको हो ।
विगत ६ वर्ष देखि एफएममा कार्यरत तिवारी ‘प्रोडक्शन हेड’ का रुपमा रहेका थिए । १२ वर्ष अघिदेखि सञ्चार क्षेत्रमा निरन्तर कार्यरत तिवारीसँग पोखराको हिमचुली एफएम, बाराही एफएम, माछापुच्छ्रे एफएम र सुनौलो एफएममा काम गरेको अनुभव छ ।
कार्यक्रम उत्पादनदेखि विज्ञापन तथा समाचारसम्म कार्य अनुभव रहेका तिवारी मिलनसार छन् । कार्यक्रम प्रमुखको जिम्मेवारी पाएपछि तिवारीले रेडियोको शाखलाई जोगाउँदै समयसापेक्ष कार्यक्रम प्रसारणमा आफ्नो जोड रहने बताए । ‘युवा केन्द्रित रहेर एफएमले कार्यक्रम सञ्चालन गर्दै आएको छ । हरेक चाडपर्व लगायतका अवसरमा इभेण्ट आयोजना गर्दै आएको छ । यसलाई निरन्तरता दिँदै श्रोताका रुचीका आधारमा नयाँ कार्यक्रमहरु थपिनेछन् ।’ तिवारीले भने ।
प्रोग्राम चिफ् तिवारीले समाजका आफ्नो क्षेत्रमा विज्ञता हासिल गरेका रेडियोमैत्री व्यक्तित्व खोजी गर्दै रेडियोसँग सहकार्य गर्ने, श्रोताको सुझाव सल्लाहलाई सर्वोपरी ठान्दै सहकर्मीको साथमा अघि बढ्ने प्रतिबद्धता जनाए ।
एफएमका अध्यक्ष महेश भण्डारीले युवा जोशका साथ नवनियुक्त प्रोग्राम चिफले आफ्नो जिम्मेवारी पूरा गर्नेमा आफू विश्वस्त रहेको बताए । बिग आइकनलाई सफलतापूर्वक सम्पन्न गर्न तिवारीको भूमिका महत्वपूर्ण रहेको जनाउँदै भण्डारीले नयाँ भूमिकामा तिवारीको नियुक्तिले थप उर्जा मिलेको बताए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए