अर्जेन्टिनालाई पनि आइसल्याण्ड जस्तै हराउन मन छ: मुसा

अर्जेन्टिनालाई पनि आइसल्याण्ड जस्तै हराउन मन छ: मुसा

_102169919_gettyimages-981265620

काठमाडौं । मुसाको दुई गोलको मदतमा नाइजेरिया २-० ले विजयी हुँदा अर्जेन्टिनाको नकआउट चरणमा पुग्ने सम्भावना जीवितै रहृयो ।अहमद मुसाले आइसल्याण्डविरुद्ध गोल गर्दा नाइजेरियासँगै अर्जेन्टिनाका समर्थक पनि खुसी भए ।

तर, यो त्यति सहज छैन । यसका लागि समूह चरणको अन्तिम खेलमा क्रोएसियाले आइसल्याण्डसँग हार्नु हुँदैन । साथै अर्जेन्टिनाले नाइजेरियालाई हराउन सकेको अवस्थामा मात्र आल्बिसेलेस्ट विश्वकपको अन्तिम १६ मा पुग्नसक्छ ।

नाइजेरियाका मुसाले भने अर्जेन्टिनाविरुद्ध पनि शुक्रबार जस्तै प्रदर्शन दोहोर्‍याउन चाहेका छन् ।

सन् २०१४ को विश्वकपमा अर्जेन्टिना ३-२ ले विजयी भएको खेलमा पनि मुसाले दुई गोल गरेका थिए । ‘हामीलाई यो खेलको महत्व थाहा छ’ उनले भनेका छन्, ‘यो हाम्रा लागि गर या मरको खेल हो र हामीले यो खेल जित्नुपर्छ ।’

२५ वर्षीय फवार्ड मुसोले अघि भने, ‘तर, अर्जेन्टिनाविरुद्ध गोल गर्न मलाई कठीन छैन । अर्जेन्टिनालाई पनि आइसल्याण्ड जस्तै हराउन मन छ । ’

प्रतिक्रिया

लेखकको बारेमा

सूर्य तिमिल्सिना

सूर्य तिमिल्सिना

तिमिल्सिना गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds