बिग एफएम नवनियुक्त स्टेशन म्यानेजर अधिकारीको पहिलो निर्णय: ‘न्यूनतम पारिश्रमिक लागू’

बिग एफएम नवनियुक्त स्टेशन म्यानेजर अधिकारीको पहिलो निर्णय: ‘न्यूनतम पारिश्रमिक लागू’

IMG_7175

पोखरा, १० असार । पश्चिमाञ्चलकै नम्बर वान एफएम बिग एफएम १०१.२ मेगाहर्जले न्यूनतम पारिश्रमिक लागू गर्ने भएको छ । नवनियुक्त स्टेशन म्यानेजर रञ्जन अधिकारीले आइतबार पदभार ग्रहण गर्दै आउँदो साउन १ गतेदेखि लागू हुने गरी न्यूनतम पारिश्रमिकलाई लागू गर्ने निर्णय गरेका हुन् ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिले कार्यरत पत्रकार, कर्मचारी र कामदारकोे लागि सिफारिस गरेको न्यूनतम पारिश्रमिकलाई लागू गर्ने आफ्नो पहिलो निर्णय भएको स्टेशन म्यानेजर अधिकारीले जानकारी दिए ।

सञ्चार प्रतिष्ठानका पत्रकारका लागि १४ हजार एक सय र त्यस्ता प्रतिष्ठानका कर्मचारी तथा कामदारको हकमा १२ हजार पाँच सय न्यूनतम पारिश्रमिक सिफारिस गरिएको छ । स्ट्रिञ्जरको हकमा भने साविकको दरमा ५० प्रतिशत वृद्धिको सिफारिस गरिएको छ । अब रेडियोमा कार्यरत पत्रकार, कर्मचारीले तोकिए बमोजिमका सेवा सुविधा पाउनेछन् ।

‘एफएममा यसअघि आवश्यकताका आधारमा कर्मचारी राखी आपसी समझदारीमा पारिश्रमिक प्रदान गरिँदै आएको थियो ।’ – स्टेशन म्यानेजर अधिकारीले भने– ‘अब बिग टीमले समयमा बैंकबाटै तलव प्राप्त गर्नेछन् ।’ रेडियोले समाचार शाखामा काम गर्न इच्छुक व्यक्तिको खोजी गरिरहेको अधिकारीले जनाए ।

यस्तै, युवा लक्षित कार्यक्रम उत्पादन गर्दै आएको एफएमले नयाँ नयाँ ‘कन्सेप्ट’ लिएर आउने प्रस्तोतालाई समेत रेडियोमा भित्राउन आतुर रहेको बताएको छ । नवनियुक्त ‘प्रोग्राम चिफ्’ शंकर तिवारीले समयानुकूल कार्यक्रम प्रसार गर्दै रेडियो पारखीको मन जित्ने अभियानमा लागेको बताए ।

बिग एफएमले डिजिटल प्रविधिलाई अंगाल्दै समयसापेक्ष परिस्कृत गरी अघि बढ्ने सोच बनाएको छ ।

http://gandaknews.com/ranjan-adhikari-station-mananger-big-fm/

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ