पोखरा, १२ असार । शनिबार बिहानैदेखि सम्पर्कविहीन भएका पोखरा लेखनाथ महानगरपालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेलको अवस्था अझै अज्ञात छ । तीनदिनदेखि बेपत्ता उनको खोजी कार्य निरन्तर गरिएपनि पत्ता लाग्न सकेको छैन ।
पछिल्लो क्रममा उनी महेन्द्रपुल चोक कटेको भिडियो सार्वजनिक भएको छ । शनिबार पूर्वान्हदेखि नै महेन्द्रपुलको मुनितिर सेती खोँचमा खोजी कार्य सुरु गरिएको थियो । त्यसपछि प्रहरीले सेती किनारमा खोजी गरिरहेको छ । शनिवार विहान ५ बजेतिर घरबाट निस्किएका उनी केहीबेरपछि महेन्द्रपुल पुगेका थिए ।
https://www.facebook.com/gandaknews/videos/848021495390104/
सेतीमा खोजी गर्ने क्रममा आईतबार सेती ड्याम समेत खोलिएको थियो । त्यसपछि पनि उनी फेला परेनन् । प्रहरीले खोजी भैरहेको जनाएको छ । उनी घरबाट निस्किने कारण पनि अनुसन्धान भैरहेको प्रहरीको भनाई छ । शनिबार विहान करिब ५ बजे तिर पत्र लेखेर घरबाट निस्किएको बताईन्छ । पत्रबारे केहि पनि खुलेको छैन ।
उनी घरबाट निस्किएपछि सेतीमा किनारमा एउटा शव फेला पारेको थियो । यद्यपी उक्त शव पुरानो र अर्कैको भएको प्रहरीले जनाएको छ । पौडेलको खोजी अहिले पनि जारी छ ।
स्थानीय तह कर्मचारी युनियनले बरिष्ठ अधिकृत पौडेल बेपत्ता हुनुमा स्वयं महानगरका प्रमुख र अन्य राजनीतिक संगठनहरु रहेको आरोप लगायो । फरक विचारका कर्मचारीलाई फसाउने, सताउने र अन्तिममा तर्साउने गरी मानसिक यातना दिईएको युनियनको आरोप छ ।
‘महानगरको प्रमुख एवं ब्यवस्थापन पक्षबाट घटुवा गर्ने, पदीय हिसावको मान मर्दन गर्ने, विना कारण अपायक सरुवा गर्ने र अतिरञ्जित लाञ्छना लगाउने गरेको कुरा जानकारीमा आएको छ, विज्ञप्तीमा उल्लेख छ – पछिल्लो समय स्थानीय तहमा जनप्रतिनिधी आएपछि फरक विचार राख्ने कर्मचारीलाई पेशागत र मानवीय संवेदनामाथी प्रहार हुन थालेको छ । यसको घोर भत्र्सना गर्दछौं ।’
महानगरकै कारण विगत ६ महिनायता पौडेललाई प्रताडित बनाईएको विज्ञप्तीमा उल्लेख छ । यस्तै कर्मचारीलाई विना भेदभाव काम गर्ने वातावरण सिर्जना गर्न पनि माग गरेको छ । पौडेलको शिघ्र खोजी गरी यस्तो अवस्था सिर्जना गर्नेमाथी खोजी गरी कारबाहीको माग गरिएको छ ।
वेपत्ता पौडेलको विषयमा कर्मचारी यूनियनले विज्ञप्ती जारी गरेपछि राजनीति नगर्न भन्दै सामाजिक सञ्जालमा धारणाहरु सार्वजनिक भईरहेका छन् ।
पीडामा रहेका परिवारलाई झनै विक्षिप्त बनाउने गरी प्रचारबाजी नगर्न, दुःखद घटनामा राजनीति नगर्न विभिन्न क्षेत्रका व्यक्तिहरुले सचेत गराएका छन् ।
सम्बन्धित खबर
पोखराको मित्रमिलन सहकारी ठगीमा संलग्न आरोपितलाई पक्राउ पूर्जी जारी
सराङ्गकोट बहुउद्देश्यीय सहकारीको १७ औं साधारण सभा
पोखरेली टेनिस खेलाडीहरु टेनिस टुर गर्दै चितवनमा
युनाइटेड क्लबद्वारा रुकुम पश्चिमका भूकम्प प्रभावितलाई न्यानो कपडा वितरण
मयूर बहुउद्देश्यीय सहकारी संस्थाको दोस्रो वार्षिक साधारणसभा
एसओएस गण्डकीमा वृहत् विज्ञान प्रदर्शनी
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका