रूस – २०१४ को विश्व च्याम्पियन जर्मनी विश्वकप फुटबल २०१८ को समूह चरणबाटै बाहिरिएको छ। प्रतियोगिताअन्तर्गत बुधबार सम्पन्न समूह चरणको तेस्रो तथा अन्तिम खेलमा एसियन राष्ट्र दक्षिण कोरियासँग २–० ले पराजित हुँदै जर्मनी विश्वकपबाट बाहिरिएको हो।
तर, कोरियाले आफू मात्र बाहिरिएन, साविकको विजेतालाई पनि सँगै घर फर्काएको छ । हारका बाबजुद मेक्सिको भने उपविजेता बनेको छ ।
दक्षिण कोरियाले दुवै गोल दोस्रो हाफको इन्जुरी समयमा गरेको थियो। ९ मिनेट थपिएको इन्जुरी समयमा कोरियको जितमा किम योङ गिवन र सन ह्युङ मिनले एक एक गोल गरे। विश्वकप इतिहासमा २०१० मा इटाली र २०१४ मा स्पेनपछि जर्मनी विश्वकपको पहिलो चरणबाट बाहिरिने तेस्रो साविक विजेता राष्ट्र बनेको छ।
प्रतियोगिताको पहिलो खेलमै मध्य अमेरिकी टोली मेक्सिकोसँग १–० पराजित भएको जर्मनीले दोस्रो खेलमा स्विडेनलाई २–१ ले हराउँदै रुस भ्रमण लम्बाउने आशा कायमै राखेको थियो। तर, अन्तिम खेलमा जित्नै पर्ने दबाबमा रहेको जर्मनीको पोष्टमा दक्षिण कोरियाले ‘काउन्टर अट्याक’ दुई गोल ठोकेपछि साविक विजेता समूह चरणबाटै घर फर्किन बाध्य बनेको थियो।
जर्मनीका लागि फरवार्ड टिमो वेर्नर, थोमस मुलर, मार्को रेउसले विपक्षी पोष्टमा लगातार आक्रमण गर्दै ७१ प्रतिशतको बल पोसेसन राखेर पनि अग्रता बनाउन असफल भएको थियो। १८औं मिनेटमा दक्षिण कोरियाका जुङ वुयोङले हानेको फ्रिकिक जर्मनीका गोलकिपर म्यानुयल नुयरले राम्रो नियन्त्रणमा लिन नसके पनि उक्त मौकालाई सन हिउङमुनले सदुपयोग गर्न सकेनन्। त्यसको दुई मिनेट नवित्दै टोटेनह्यामका फरवार्ड सनले गरेको प्रयास पनि सफल हुन सकेन। जर्मनीका टिमो वेर्नरले गरेको दुई वटा प्रयास सफल हुन सकेन।
२००२ मा आफैले जापानसँग मिलेर आयोजना गरको विश्वकपमा चौथो स्थान हासिल गर्नु नै कोरियाको अहिलेसम्मकै सबैभन्दा ठुलो सफलता हो। त्यसपछि २०१० मा अन्तिम १६ सम्मको यात्रा गरेको दक्षिण कोरिया बाँकी ८ सहभागितामा समूह चरणबाटै घर फर्किएको छ।
समूह चरणको अन्तिम खेल खेल्दै गर्दा दक्षिण कोरिया बाहेक तीनै टिमको सम्भावना थियो । तर, जर्मनीका लागि अघिल्लो चरण प्रवेशको सम्भावना कायम गर्न दक्षिण कोरियालाई हराउनै पर्ने थियो । यदि जर्मनीले कोरियालाई हराएको र स्वीडेनले मेक्सिकोलाई ३-० ले जितेको भए गोल अन्तरका आधारमा जर्मनी अघिल्लो चरण पुग्थ्यो भने मेक्सिको बाहिरिने थियो ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु