पोखरा, १४ असार । पोखराको मालेपाटनमा बुधबार साँझ भएको दुर्घटनामा परी घाईते भएका धनबहादुर छन्त्यालको पनि निधन भएको छ । बाइकमा सवार म्याग्दी बरञ्जा १ का छन्त्याल गम्भीर घाईते थिए । उनको पोखराको मनिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको थियो ।
बुधबार साँझ ग १ ख २८९६ नम्बरको पानी बोक्ने ट्यांकरसँग ध १ प ५०२१ नम्बरको बाईक ठक्कर खाँदा बाईक चालक छन्त्याल घाईते भएका थिए भने पछाडी बस्ने बृन्दा थापाको घटनास्थलमै मृत्यु भएको थियो ।
छन्त्याल म्यादी मंगला गाउँपालिका ४ का शिक्षक हुन् भने थापा अन्नपूर्ण गाउँपालिका म्याग्दी घराम्दी आधारभुत विद्यालयकी शिक्षिका हुन् । अहिले दुवैको विद्यालय शोकमा छ । उनीहरु शिक्षक लोकसेवा तयारी परीक्षाको लागि पढ्न आएका थिए ।
उनीहरुको शवलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाइने जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख ऐनबहादुर मल्लले जानकारी दिए ।
सम्बन्धित खबर
१७ बर्षका बालकले पोखराबाट बस चोरेर चितवन पुर्याएपछि …
पोखरामा एकै दिन दुईटा स्कूटर चोर्ने १७ वर्षका बालक पक्राउ
‘चिया पिउँदै समाजसेवा’ पोखरामा निरन्तर
एलेक्सी र आसुकरा आइटीएफ–जे ३० च्याम्पियन
भूकम्प पीडितलाई फेवा वेगनास चौतारीको सहयोग
प्राडा बुद्धिबहादुर थापा र पत्रकार दीपेन्द्र श्रेष्ठ सम्मानित
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका