कोलम्बिया र जापान विश्वकपको समूह एचबाट क्रमशः विजेता र उपविजेताका रुपमा नकआउट चरणमा प्रवेश गरेका छन् । सेनेगल र जापानको समान ४ अंक र गोल अन्तर पनि बराबर भएपछि फेयर प्लेका आधारमा जापान भाग्यमानी बनेको हो ।
पोल्याण्डसँग १–० गोलले पराजित भए पनि जापानले समान ४ अंक रहेको सेनेगललाई पछि पार्दै नकआउट चरणमा पुगेको हो । अर्कोतर्फ कोलम्बियाले सेनेगललाई पराजित गरेपछि उसले ६ अंकसहित समूह विजेताका रुपमा छनोट भयो ।
विश्वकप इतिहासमै पहिलो पल्ट कुनै टिम फेयर प्लेका आधारमा अघिल्लो चरण पुगेको हो । समूह चरणकाे खेलमा जापानले सेनेगलले भन्दा दुई वटा कम पहेँलाे कार्ड बेहाेरेकाले उ अर्काे चरणमा पुग्न सफल भएकाे हाे । सेनेगलले तीन खेलमा गरी ६ वटा पहेँलाे कार्ड पाएकाे थियाे भने जापानले ४ वटा पहेँलाे कार्ड पाएकाे थियाे ।
रुसको भोग्लोग्राड एरिनामा पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा पोल्याण्डले गोल गरेको थियो । खेलको ५९औं मिनेटमा जन बेडनारिकले गरेको गोल नै पोल्याण्डको सान्त्वना जितमा निर्णायक बन्यो ।
यसअघि नै विश्वकपबाट बाहिरिइसकेको पोल्याण्डले एक जितसँग विश्वकपको सुखद अन्त्य गरेको छ ।
यता कोलम्बियाले पनि सेनेगललाई १–० ले नै हरायो । पहिलो हाफ उसले पनि बराबरी खेलेको थियो । तर, दोस्रो हाफमा सेनेगलको बलियो रक्षापंक्ति तोड्दै यारी मिनाले गोल गरे । खेलको ७४औं मिनेटमा फर्नान्डो क्वीन्टेरोको कर्नर प्रहारलाई मिनाले पेनाल्टी एरिनाबाट हेडमार्फत गोल गरेका थिए । यही गोलले कोलम्बिया समूह विजेता बन्दै नकआउट चरणमा पुग्यो ।
सम्बन्धित खबर
प्रथम अर्जुनचौपारी फुटबल कपको उपाधि भाया एफसी पोखरालाई
टोस्टमास्टर्स फुटसल प्रतियोगिता २०२५ सम्पन्न
नवौं पोखरा स्पोर्ट्स अवार्ड-२०८१ : अरुणा शाही र विश्वास अधिकारी सर्वोत्कृष्ट
अर्जुनचौपारीमा `प्रथम अर्जुनचौपारी फुटबल कप – २०८२´ हुने
प्रथम लायन्स कप भलिबलको उपाधि इरानी टोलीले जित्यो
लायन्स कप भलिबलः एपिएफलाई हराउँदै आर्मी तेस्रो
यो पनि पढौँ
पत्रकार महासंघका पूर्व सदस्य बास्तोलाको निधन
अपडेटः लामेआहालमा भएको दुर्घटनामा मृतकको सनाखत, तीनै जना धादिङका
धादिङबाट पोखरा आउँदै गरेको ईभी माइक्रो लामेआहालमा दुर्घटना हुँदा ३ जनाको मृत्यु
विद्यार्थीमाथि जातीय विभेद गर्ने उपप्राध्यापक डा. देवीलाल शर्मालाई कारबाही