इङ्ल्यान्ड Vs बेल्जियम: हार्दा फाइदा हुने खेलमा नयाँ खेलाडीलाई चान्स, ८२ वर्षपछि इङल्यान्ड पराजित

इङ्ल्यान्ड Vs बेल्जियम: हार्दा फाइदा हुने खेलमा नयाँ खेलाडीलाई चान्स, ८२ वर्षपछि इङल्यान्ड पराजित

3500_LtoGa9CLvv

इङल्यान्डलाई १–० ले हराउँदै बेल्जियम समूह ‘जी’को विजेता बनेको छ । एडनन् यनुजाइकोले ५१ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेपछि बेल्जियम समूह चरणमा शतप्रतिशत नजिता निकाल्न सफल भएको हो ।

विश्व कप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा बेल्जियमले इङ्ल्यान्डलार्इ ८२ वर्षपछि पराजित गरेको छ । समूह जी बाट सबै तीन खेल जितेको बेल्जियम ९ अंकसहित शीर्ष स्थानमा रहेर अन्तिम १६ मा प्रवेश गरेको छ ।

अघिल्लो चरणमा खेल्नुपर्ने टीमका बारेमा निश्चित भईसकेका कारण जित्दा भन्दा हार्दा कम सशक्त टीम भएकाले हार्दा नै दुवै यटमलाई फाईदा थियो । किनकि दुवै टीम नकआउट प्रवेश गरिसकेका थिए । त्यसैले, समूह विजेताको छिनोफानोका रुपमा रहेको खेलमा इंग्ल्याण्ड र बेल्जियम दुवैले टिममा ब्यापक फेरबदल गरेका थिए ।

यसअघिका दुई म्याच खेलेका भन्दा बेल्जियमले ९ तथा इंग्ल्याण्डले ८ खेलाडी परिवर्तन गरेको थियो । दोस्रो रोजाइको टिम मैदानमा उत्रँदा खेल अपेक्षाकृत प्रतिस्पर्धात्मक बन्न सकेन ।

समूह विजेता बेल्जियमले अब प्रिक्वार्टरफाइनलमा जापानसँग र उपविजेता इङ्ल्यान्डले कोलम्बियाको सामना गर्नेछ । समूह ‘एच’बाट कोलम्बिया समूह विजेता र जापान उपविजेताका रुपमा अन्तिम १६ मा पुगेका थिए ।

यस समूहबाट समूह विजेता जानेतर्फको पोलमा ब्राजिल, फ्रान्स, अर्जेन्टिना, पोर्चुगल, उरुग्वेजस्ता प्रभावशाली टिम पुगिसकेका थिए । अर्को दोस्रो पोलमा भने स्पेनबाहेक उपाधि दाबेदार मानिएका टोली छैनन् । यसैकारण इंग्ल्याण्ड र बेल्जियम दुवैलाई उपविजेता बन्नु नै फाइदाजनक  थियो ।

बुधबारको प्री-म्याच कन्फरेन्समा बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले भनेका थिए ‘भोलि हामी राम्रो खेल्न त चाहन्छौँ, तर जीत हाम्रो प्राथमिकता होइन ।’ इंग्ल्याण्ड पनि यो परिस्थितिप्रति जानकार छ र उसले पनि जीतका लागि अधिकतम बल प्रयोग गर्ने थिएन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ