विश्वकप फुटवलमा आजदेखि नकअाउट चरणका खेल प्रारम्भ हुँदैछन् । आज पहिलो खेलमा फ्रान्स र अर्जेन्टिना भिड्दैछन् ।
अर्जेन्टिना र लियोनेल मेसीले विश्वकपमा यात्रा लम्बाउन स्वभाविक क्षमताअनुसारको प्रदर्शनबाट अझै टाढा देखिएको फ्रान्ससँग रुसको काजानमा शनिबार साँझ भेट हुँदा आफू चाँही फर्ममा फर्केको प्रमाण दिनुपर्नेछ।
अन्तिम १६ अन्तर्गतको पहिलो खेलमा भेट हुने फ्रान्स र अर्जेन्टिना दुवैले अहिलेसम्म प्रतियोगितामा आफ्नो छविअनुसार प्रदर्शन गर्न सकेका छैनन्। फ्रान्स समूह ‘सी’ को विजेता बन्दै प्रि -क्वाटर फाइनलमा प्रवेश गरेको हो बने अर्जेन्टिना समूह ‘डी’को उपविजेताको रुपमा अन्तिम १६ मा पुग्गेको हो ।
फ्रान्स ३ खेलमा २ जित र १ बराबर सहित ७ अंकका साथ सामुह विजेता बनेको थियो भने जारी विश्वकपमा खराब प्रदर्शन गरेको अर्जेन्टिना ३ खेलमा १ हार, १ बराबर र १ जित सहित ४ अंकको साठ समूह ‘डी’ को उपविजेता बनेको थियो । अस्ट्रेलियाlलाई पहिलो खेलमा २-१ ले पराजित गरेको फ्रान्सले दोस्रो खेलमा पेरुलाई १-० र तेस्रो खेलमा डेनमार्कसंग गोल रहित बराबरी खेलेको थियो । त्यस्तै पहिलो खेल आइसल्याण्डसंग १-१ को बराबरी खेलेको अर्जेन्टिनाले दोस्रो खेलमा क्रोएसियासंग ३-० ले पराजित हुँदा तेस्रो खेलमा नाइजेरियालाई २-१ ले पराजित गरेको थियो ।
यी दुवै टिम विश्व फुटवल जगतमा निकै प्रख्याती कमाएका टिम र मुलुक हुन्। साँझको खेलमा पल पोग्वा, एन्टोनी ग्रिजम्यान,लियोनल मेसी, एन्जेल डी मारिया लगायतका खेलाडीको कस्तो जादु चल्ने हो, सबै प्रतिक्षारत छन् ।
समूह चरणअन्तर्गत क्रोएसियाविरुद्धको खेलमा ३–० ले पराजित हुँदा अर्जेन्टिनी टोलीमा खेलाडीको ढल्कँदो उमेर र असन्तुलन प्रष्ट देखिएको थियो। तर डिएगो म्याराडोनाबाट निर्देशित मेसीले अन्तत: प्रतियोगितामा गोलको खाता खोलेको खेलमा मार्कोस रोहोले सनसनीपूर्ण भलीमा गोल गरेपछि २०१४ को उपविजेता टोली नाइजेरियालाई हराउँदै नकआउट चरणको टिकट काट्न सफल भयो ।
डिडियर डेशच्याम्पसको फ्रान्स पनि प्रतियोगिता सुरु हुनुपूर्व उपाधिको कागजी दाबेदार थियो । अपराजित रहँदै समूह चरण पार गरे पनि फ्रान्सको प्रदर्शनमा भने सन्तुष्ट हुने ठाउँ अत्यन्तै कम थियो । पहिलो रोजाईका स्ट्राइकर एन्टोनी ग्रिजम्यान उच्च फर्म समाउन असफल हुँदा फ्रान्सको मिडफिल्ड पनि रचनात्मक तरिकाले खेल बनाउने पक्षमा सफल भएन । तर डेशच्याम्पस शनिबार नकआउट चरण सुरु हुँदासम्म आफ्नो टोली पूर्ण रुपमा ठिक ठाउँमा आइपुग्नेमा विश्वस्त छन् ।
सम्बन्धित खबर
हेमजामा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता– २०८२ हुने
प्रथम अर्जुनचौपारी फुटबल कपको उपाधि भाया एफसी पोखरालाई
टोस्टमास्टर्स फुटसल प्रतियोगिता २०२५ सम्पन्न
नवौं पोखरा स्पोर्ट्स अवार्ड-२०८१ : अरुणा शाही र विश्वास अधिकारी सर्वोत्कृष्ट
अर्जुनचौपारीमा `प्रथम अर्जुनचौपारी फुटबल कप – २०८२´ हुने
प्रथम लायन्स कप भलिबलको उपाधि इरानी टोलीले जित्यो
यो पनि पढौँ
अपडेटः लामेआहालमा भएको दुर्घटनामा मृतकको सनाखत, तीनै जना धादिङका
दरौंदी खोलामा ढुंगागिटी निकाल्दा बनेको रहमा डुबेर सिजलको मृत्यु
विद्यार्थीमाथि जातीय विभेद गर्ने उपप्राध्यापक डा. देवीलाल शर्मालाई कारबाही
पोखरामा यौन व्यवसाय सञ्चालन गर्ने ३ जना पक्राउ, ५ महिलाको उद्धार