विश्वकप फुटबल अन्तर्गत नक आउट चरणका खेलहरु आज(शनिबार) बाट सुरु हुँदै छ । अन्तिम १६ को पहिलो खेलमा आज साँझ पाउने आठ बजे दुई महारथी फ्रान्स र अर्जेन्टिना र दोस्रो खेलमा राति पौने १२ बजे पोर्चुगल र उरुग्वे भिड्दै छन् ।
विश्वकपको समूह ‘ए’ बाट उरुग्वे समूह विजेता बन्दै अघिल्लो चरणमा प्रवेश गरेको हो । ३ खेल खेलेको उरुग्वेले तीनै खेलमा जित दर्ता गर्दै ९ अंक सहित समूह विजेता बनेको हो । पहिलो खेलमा इजिप्टलाई १-० ले पराजित गरेको उरुग्वेले दोस्रो खेलमा साउदी अरबलाई १-० ले नै र तेस्रो खेलमा आयोजक राष्ट्र रसियाली ३-१ ले पराजित गरेको थियो । त्यस्तै पोर्चुगल उप- विजेता बन्दै नक आउट चरणमा प्रवेश गरेको हो । ३ खेल खेलेको पोर्चुगलले १ मा जित २ मा बराबर खेल्दै ५ अंक जोडेको थियो । पोर्चुगलले पहिलो खेल स्पेनसंग ३-३ को बराबरी , दोस्रोमा मोरक्कोलाई १-० ले र तेस्रो खेलमा इरानसंग १-१ को बराबरी खेलेको थियो ।
जारी विश्वकपको प्रिक्वाटरफाइनलमा युरोपबाट सबैभन्दा धेरै १० टोली छनोट भएका छन् भने दक्षिण अमेरिकाबाट ४ तथा उत्तर अमेरिका र एसियाबाट एक एक टोली छन् । पछिल्लो ३६ वर्षमा अफ्रिकाबाट भने कुनै पनि टोली अन्तिम १६ मा पुग्न सकेन ।
विश्वकप २०१८ को अन्तिम १६ मा पुग्ने टोलीहरुमा उरुग्वे, रसिया, स्पेन, पोर्चुगल, फ्रान्स, डेनमार्क, क्रोएसिया, अर्जेन्टिना, ब्राजिल, स्वीट्जरल्याण्ड, स्वीडेन, मेक्सिको, बेल्जियम, इंगल्याण्ड, कोलम्बिया र जापान रहेका छन् ।
पोर्चुगल र उरुग्वे
अन्तिम १६ मा कसको प्रतिस्पर्धी को ?
असार १६ गते
समूह ‘सी’ विजेता (फ्रान्स) विरुद्ध समूह ‘डी’ उपविजेता (अर्जेन्टिना) ७ः४५ बजे
समूह ‘ए’ विजेता (उरुग्वे) विरुद्ध समूह ‘बी’ उपविजेता (पोर्चुगल) ( ११ः४५ बजे
असार १७ गते
समूह ‘बी’ विजेता (स्पेन) विरुद्ध समूह ‘ए’ उपविजेता (रसिया) ७ः४५ बजे
समूह ‘डी’ विजेता (क्रोसिया) विरुद्ध समूह ‘सी’ उपविजेता (डेनमार्क) ११ः४५ बजे
असार १८ गते
समूह ‘ई’ विजेता (ब्राजिल) विरुद्ध समूह ‘एफ’ उपविजेता (मेक्सिको) ७ः४५ बजे
समूह ‘जी’ विजेता (बेल्जियम) विरुद्ध समूह ‘एच’ उपविजेता (जापान) ११ः४५ बजे
असार १९ गते
समूह ‘एफ’ विजेता (स्वीडेन) विरुद्ध समूह ‘ई’ उपविजेता (स्वीट्जरल्याण्ड) ७ः४५ बजे
समूह ‘एच’ विजेता (कोलम्बिया) विरुद्ध समूह ‘जी’ उपविजेता (इङ्ल्याण्ड) ११ः४५ बजे
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला