अर्जेन्टिनालाई ४–३ ले पराजित गर्दै फ्रान्स विश्वकप फुटबल २०१८ को क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ।
रुसको कजान एरिना रंगशालामा शनिबार सम्पन्न संघर्षपूर्ण खेलमा किलियन एमबाप्पेले २ तथा एन्टोनियो ग्रिजम्यान र बेन्जामिन पाभर्डले १–१ गोल गरेपछि अर्जेन्टिनालाई फ्रान्सले स्तब्ध बनाएको हो।
अर्जेन्टिनाका लागि एन्जल डि मारिया, गाब्रियल मेरकाडो र सर्जियो अगुइरोले गोल गरेपछि टोलीलाई क्वाटरफाइनलमा लान सकेनन्। अर्जेन्टिना २०१४ को विश्वकपको फाइनलमा जर्मनीसँग १–० ले पराजित हुँदै उपविजेतामा चित्त बुझाउन बाध्य भएको थियो।
निकै रोमाञ्चक खेलमा फ्रान्सका लागि ग्रिजमानले पेनाल्टीमार्फत गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । तर, खेलको ४१ औं मिनेटमा अर्जेन्टिनाका लागि डि मारियाले बराबरी गोल फर्काए । पहिलो हाफ फ्रान्स र अर्जेन्टिनाबीचको खेल बराबरी भएको अवस्थामा अर्जेन्टिनाका लागि मार्काडोले गोल गर्दै टीमलाई२–१ को अग्रतामा पुर्याए ।
तर, ६४ औं र ६८ औं मिनेटमा मबापेले २ गोल गर्दै फ्रान्सलाई ४–२ को अवस्थामा पुर्याए । त्यसपछि लगातार फ्रान्सविरुद्ध गोलको प्रयास गरेको अर्जेन्टिनाका लागि सर्जियो अग्युरोले इन्जुरी समयमा सान्तना गोल गरे । त्यससँगै अर्जेन्टिना नकआउट चरणबाटै बाहिरिन बाध्य भयो ।
आजको खेलमा अर्जेन्टिनाको स्टार खेलाडी मेस्सीको कुनै जादु चल्न सकेन । अघिल्लो संस्करणको विश्वकपमा अर्जेन्टिना उपविजेता बनेको थियो । एगुएरोले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेपनि टोलीको हार टार्न सकेनन्। विश्वकपपछि सन्याश लिने बताईसकेका अर्जेन्टिनाका मेसी विश्वकप उपाधिबिहिन बनेका छन्। उनले सिनियर राष्ट्रिय टोलीका लागि उपाधि जित्न सकेनन्।

सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो