अर्जेन्टिनालाई ४–३ ले पराजित गर्दै फ्रान्स विश्वकप फुटबल २०१८ को क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ।
रुसको कजान एरिना रंगशालामा शनिबार सम्पन्न संघर्षपूर्ण खेलमा किलियन एमबाप्पेले २ तथा एन्टोनियो ग्रिजम्यान र बेन्जामिन पाभर्डले १–१ गोल गरेपछि अर्जेन्टिनालाई फ्रान्सले स्तब्ध बनाएको हो।
अर्जेन्टिनाका लागि एन्जल डि मारिया, गाब्रियल मेरकाडो र सर्जियो अगुइरोले गोल गरेपछि टोलीलाई क्वाटरफाइनलमा लान सकेनन्। अर्जेन्टिना २०१४ को विश्वकपको फाइनलमा जर्मनीसँग १–० ले पराजित हुँदै उपविजेतामा चित्त बुझाउन बाध्य भएको थियो।
निकै रोमाञ्चक खेलमा फ्रान्सका लागि ग्रिजमानले पेनाल्टीमार्फत गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । तर, खेलको ४१ औं मिनेटमा अर्जेन्टिनाका लागि डि मारियाले बराबरी गोल फर्काए । पहिलो हाफ फ्रान्स र अर्जेन्टिनाबीचको खेल बराबरी भएको अवस्थामा अर्जेन्टिनाका लागि मार्काडोले गोल गर्दै टीमलाई२–१ को अग्रतामा पुर्याए ।
तर, ६४ औं र ६८ औं मिनेटमा मबापेले २ गोल गर्दै फ्रान्सलाई ४–२ को अवस्थामा पुर्याए । त्यसपछि लगातार फ्रान्सविरुद्ध गोलको प्रयास गरेको अर्जेन्टिनाका लागि सर्जियो अग्युरोले इन्जुरी समयमा सान्तना गोल गरे । त्यससँगै अर्जेन्टिना नकआउट चरणबाटै बाहिरिन बाध्य भयो ।
आजको खेलमा अर्जेन्टिनाको स्टार खेलाडी मेस्सीको कुनै जादु चल्न सकेन । अघिल्लो संस्करणको विश्वकपमा अर्जेन्टिना उपविजेता बनेको थियो । एगुएरोले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेपनि टोलीको हार टार्न सकेनन्। विश्वकपपछि सन्याश लिने बताईसकेका अर्जेन्टिनाका मेसी विश्वकप उपाधिबिहिन बनेका छन्। उनले सिनियर राष्ट्रिय टोलीका लागि उपाधि जित्न सकेनन्।

सम्बन्धित खबर
गण्डकी प्रदेशस्तरीय पुरुष टी–२० क्रिकेट सुरुः स्याङ्जा र तनहुँको जित
प्रचण्ड कप भलिबलको उपाधि एपीएफले जित्यो
प्रचण्ड कप भलिबल: एभरेस्टलाई हराउँदै न्यु डायमण्ड तेस्रो
प्रचण्ड कप भलिबल: उपाधिका लागि दुई विभागीय टोली एपीएफ र पुलिस भिड्ने, न्यु डायमण्ड एपीएफसँग पराजित
प्रचण्ड कप भलिबल: एभरेस्ट क्लबलाई हराउँदै एनपिसी फाइनलमा
तेस्रो गण्डकी प्रदेशस्तरीय पुरुष टी २० क्रिकेट प्रतियोगिता तयारी पूरा
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ