महेन्द्र जिसी, पर्वत । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका चौथो संशोधन को परिच्छेद २ को धारा ४ को उपधारा घ अनुसार एउटै विद्यालयका विद्यार्थीहरुको फारमहरुमा नामको आधारमा अंग्रेजी अक्षर वर्णानुक्रमानुसार मिलाएर राख्नु पर्ने व्यवस्था छ ।
उल्लेखित धारामा रजिष्टे«शन नम्बर र सिम्बोल नम्बर क्रमानुसार कायम गर्नुपर्ने व्यवस्था गरिनुपर्ने नियम छ । यही नियमलाई कुल्चिएर एसईई परीक्षामा विद्याथीमा सहभागी गराएर प्रदेश ४ को उत्कृष्टताको हवाला दिइरहेको मोदी गाउँपालिका ६ नवजागृति तिलाहार विरुद्ध स्थानीयले उजुरी दर्ता गराएका छन् ।
सामुदायिक विद्यालयले विद्यार्थीहरु मार्फत मासिक शुल्क लिएर अध्यापन गराउँदै आएको र एसईई परीक्षामा अल्फावेटिकल अर्डर आफू अनुकुल गराएर उत्कृष्टता हाँसिल गरेको र प्रधानाध्यापकको पदावधी पाँच वर्ष हुनेमा समय सकिएका प्रअबाटै विद्यालयको प्रशासन सञ्चालन आईरहेको भन्दै मोदी गाउँपालिकाका स्थानीयले नवजागृति मावि तिलाहार विरुद्ध उजुरी दर्ता गराएका हुन् ।
गाउँपालिका ६ मा रहेको नवजागृति माविले प्रदेश ४ को उत्कृष्टको झ्याली पिटीरहेका बेला स्थानीयले भने विद्यालयले शिक्षा नियमावली विपरीत काम गरेर अनावश्यक हल्ला फिँजाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालयमा उजुरी दर्ता गराएका हुन् ।
दर्ता नं. १८१८ नम्बरमा दर्ता भएको उजुरीमा विद्यार्थीबाट मनोमानी मासिक शुल्क उठाएर हिसाव किताब नराखिएको सामुदायिक विद्यालयले मानोमानी शुल्क उठाउनु शिक्षा नियमावली विपरीत भएको भन्दै तत्काल कार्वाहीको माग गरिएको छ ।
सामुदायिक विद्यालयले मासीक शुल्क लिन नआउने व्यवस्था गाउँ कार्यपालिकाले समेत पास गराईसकेको र नेपाल सरकारले निःशुल्क तथा अनिवार्य शिक्षा सञ्चालन गरीरहेको सन्दर्भमा विद्यालयले विद्यार्थीहरु मार्फत शुल्क लिएर हिनामिना गर्र्ने गरेको भन्दै स्थानीयले उजुरी दर्ता गराएका हुन् ।
०६८ साल देखी लेखा परिक्षण नगरी विद्यालयले विद्यार्थी मार्फत उठाएको शुल्क हिनामिना गर्दैै आएको स्थानीय अभिभावक रत्न लम्सालले बताए । शिक्षा ऐन २०५८ को नियमावली ७८ को उपनियम ग अनुसार सर्टिफिकेट लिएर मात्र विद्यालय भर्ना गराउन पाउने व्यवस्था गरिएकोमा विद्यालयले नियमावली नाघेर विना सर्टिफिकेट विद्यार्थी भर्ना गराउँदै आएको भन्दै स्थानीयले जिल्ला प्रशासन पर्वत र शिक्षा समन्वय इकाई र गाउँपालिकामा समेत उजुरी दर्ता गराएका हुन् ।
एउटै कक्षाका विद्यार्थीहरुलाई दुई गु्र्प बनाएर अध्यापन गराउँदा बाल मनोविज्ञानमा समेत असर पुगेको भन्दै अभिभावकहरुले विद्यालय विरुद्ध आवश्यक कार्वाहीका लागि उजुरी दिइएको बताएका छन् ।
सम्बन्धित खबर
मालढुंगा–बेनी सडकमा पहिरो खस्दा मोटरसाइकल पुरियो, चालक गम्भीर घाइते
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
आगलागीबाट डेरी उद्योग गुमाएका पर्वत कटुवाचौपारीका लामिछानेलाई अमेरिकाबाट सहयोग
प्रहरीले पिछा गरेपछि मालढुङ्गा पुलबाट हामफालेका विशालको खोजी जारी
पर्वतमा मोदीखोला संकटमा, लहरै चार वटा जलविद्युतका कारण सुख्खा
पर्वत जिल्ला इन्टर स्कुल टि-२० क्रिकेट प्रतियोगिताको उपाधि मङ्गोलदय माविलाई
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा