क्रोएसियाका गोलरक्षक ड्यानिजेल सुबासिचले पेनाल्टी सुटआउटमा विपक्षी टोलीका तिन प्रहार बचाएपछि डेनमार्कको विश्वकप यात्रामा पूर्णविराम लागेको छ।
आइतबार रुसको निज्नी नोभगोरोड रङ्गशालामा सम्पन्न खेलमा क्रोएसियाले डेनमार्कलाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेल एक एकको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो।
पेनाल्टी सुटआउटमा डेनमार्कका क्रिस्टियन एरिक्सेन,लासे स्वन र निकोलाइ जर्गेनसेनको प्रहार क्रोएसियाका गोलरक्षक सुबासिचले बचाएका थिए भने सिमोन र माइकल क्राेन डेलीले गोल गरेका थिए। क्रेएसियाका मिलन बाडेल र जोसिप पिभारिचले क्रमशः पहिलो र चौथो पेनाल्टीमा गोल गर्न सकेनन् भने आन्द्रेज रेमारिच, लुका मोड्रिच र इभान रेकिटिच गोल गर्न सफल रहे।
खेल सुरु भएको पहिलो मिनटमानै गोल गर्दै उत्कृष्ट सुरुवात गरेको डेनमार्क चौथो मिनेटमानै बराबरी गोल खान पु्गेको थियो। थोमस डिलानीको पासमा जोर्गेनसेनले उत्कृष्ट गोल गर्दा डेनमार्कले बलियो क्रोएसियामाथि खेलको पहिलो मिनेटमै अग्रता बनाएको थियो। तर डेनमार्कले बनाएको अग्रता धेरै बेर टिक्न सकेन। डेनमार्कले गोल गरेलगत्तै आक्रामक बनेको क्रोएसियाले खेलको चौथौ मिनेटमै बराबरी गोल गर्यो। क्रोएसियाकालागि मारियो मान्डजुकिचले डि बक्सभित्रबाट प्रहार गरेको बलले गोल पोष्टको जाली चुम्न पुग्यो।
त्यसपछि निर्धारित ९० मिनेटभित्र गोल हुन सकेन र खेल ३० मिनेटको थप समयतर्फ अघि बढ्यो। थप समय सकिन ४ मिनेट बाँकि रहदाँ क्रोएसियाले खेलमा अग्रता बनाउने सुनौलो अवसर प्राप्त गर्यो। डेनमार्कका जान्काले डि बक्स एरियामा क्रोएसियाका रेबिकलाई लडाएपछि क्रोएसियाले पेनाल्टी पाएको थियो तर उक्त अवसरलाई लुका मोड्रिचले गोलमा परिणत गर्नबाट चुक्दा पेनाल्टी सुटआउट सम्मको यात्रा तय गर्नुपर्यो। पेनाल्टी सुटआउटमा भने क्रोएसिया भाग्यमानी सावित भयो र आफ्नो यात्रालाई अघिल्लो चरण सम्म पुर्याउन सफल भयो।
डेनमार्कलाई पराजित गर्दै क्वार्टरफाइनल प्रवेस गरेको क्रोएसियाले आयोजक रुसलाई प्रतिद्वन्द्वी पाएको छ। रुसले स्पेनलाई पराजित गर्दै क्वार्टरफाइनल प्रवेस गरेको हो।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला