ब्राजिल क्वार्टरफाइनलमा, मेक्सिकाे २-० गोलले पराजित (यस्ता यस्ता रेकर्ड बने)

ब्राजिल क्वार्टरफाइनलमा, मेक्सिकाे २-० गोलले पराजित (यस्ता यस्ता रेकर्ड बने)

tag_reuters.com,2018_newsml_RC1C334AC050_690079039_768x432

काठमाडाैं- रुस विश्वकपमा छैटाैंपटक विश्वकप ट्रफी उचाल्ने सपना ब्राजिलले कायम राखेकाे छ । मेक्सिकाेलाई २-० ले हराउँदै ब्राजिल क्वार्टरफाइनलमा पुगेकाे हाे ।

सोमबार भएको खेलमा ब्राजिलले मेक्सिकोलाई २-० गोल अन्तरले हराएको हो । मेक्सिको त्यही टिम हो, जसले विश्वकपको आफ्नो पहिलो खेलमा नै साविकको विजेता जर्मनीलाई हराएको थियो । समूह चरणमा पहिलाे खेलमा डिफेन्डिङ च्याम्पियन जर्मनीलाई ‘धुलाे चटाएकाे’ मेक्सिकाे अन्तिम १६ बाट अगाडि बढ्न सकेन ।

पहिलो हाफमा मेक्सिकोले ब्राजिललाई दबाव दिएको थियो । साथै, गोल गर्ने केही मौका समेत पाएको थियो । तर पहिलो हाफ गोलरहित बराबरीमा सकियो । तर, दोस्रो हाफमा ब्राजिल हाबी भयो ।

ब्राजिलको जितमा स्टार खेलाडी नेइमार नायक बने । उनले ५१ औं मिनेटमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । त्यस्तै निर्धारित समयको खेल सकिन २ मिनेट बाँकी छँदा उनकै पासमा सब्सिच्युट रोबर्टो फर्मिनोले गोल गरे ।

याे विश्वकपमा नेयमारकाे याे दाेस्राे गाेल हाे ।  यसका साथै ब्राजिलले २-० ले मेक्सिकाेलाई हराउँदै उसलाई विश्वकपबाट बिदा गरिदियाे । त्यसाे त खेलकाे पहिलाे हाफमा पनि ब्राजिल दबदबा कायम राखेकाे थियाे । तर, उसले गाेल गर्न सकेन ।

ब्राजिलले खेलमा गाेलका लागि २० प्रहार गरेकाे थियाे भने मेक्सिकाेले १३ पटकमात्र बललाई जाली चुमाउने प्रयास गर्याे । तर, मेक्सिकाेले गाेलपाेस्टमै अथवा अन टार्गेट प्रहार एक पटकमात्र गर्न सफल भयाे । ब्राजिलले टार्गेटमा १० पटक प्रहार गरेकाे थियाे । दुवै टिमलाई लगभग बराबर कर्नर मिलेकाे थियाे । ब्राजिलका लागि ८ कर्नर मिल्याे भने मेक्सिकाेकाे लागि ७ । खेलमा फाउल चाहिँ मेक्सिकाेले निकै धेरै गर्याे । ब्राजिलका खेलाडीले ६ फउल गर्दा मेक्सिकाेका खेलाडीले १७ फाउल गरेका थिए ।

खेलका केही रेकर्डस्

ब्राजिललाई अग्रता दिएकाे नेयमारकाे ५१ अाैं मिनेटकाे गाेल उनकाे याे विश्वकपकाे दाेस्राे गाेल हाे । ब्राजिलका लागि याे विश्वकपमा दाेस्राे गाेल गरेका नेयमारकाे याे ५७ अाैं अन्तराष्ट्रिय गाेल हाे । विश्वकपमा नेयमारकाे याे गाेल छैटाैं हाे ।

ब्राजिलका लागि साेमबारकाे खेलमा मैदानमा निकै व्यस्त थिए नेयमार । उनले याे विश्वकपमा अरु खेलाडीभन्दा धेरै २३ सट प्रहार गरेका छन् । यीमध्ये उनका १२ सट टार्गेटमा थिए । नेयमारले अाफ्ना साथीहरुका लागि याे विश्वकपमा १६ माैका बनाएका छन् । र, याे विश्वकपमा उनीमाथि नै सबैभन्दा बढी २३ फाउल गरिएकाे छ ।

छ गाेल गर्न नेयमारले ३८ पटक गाेलपाेस्टमा प्रहार गरेका छन् । अर्जेन्टिनाका मेसीले ६ गाेल गर्न ६७ र पाेर्चुगलका क्रिस्टियानाे राेनाल्डाेले ६ गाेल गर्न ७४ सट प्रहार गरेका छन् ।

खेलमा १२ अाैं प्रयासपछि मात्र ब्राजिल गाेल गर्न सफल भएकाे थियाे । याेसँगै विश्वकपमा सबैभन्दा धेरै गाेल गर्ने देशमा ब्राजिलकाे नाम दर्ज भएकाे छ ।विश्वकपमा उसले अहिलेसम्म २२८ गाेल गरेकाे छ । यसअघि याे रेकर्ड जर्मनीकाे थियाे । जर्मनीले विश्वकपमा २२६ गाेल गरेकाे छ ।

मेक्सिकाेकाे याे हार नकअाउटमा लगातार साताैं हार हाे । ब्राजिलले क्वार्टर फाइनलमा वेल्जियम र जापानबीच सोमबार राति हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ