प्रदेश ४ को स्थायी राजधानी ‘पोखरा’ तोकियो

प्रदेश ४ को स्थायी राजधानी ‘पोखरा’ तोकियो

world-peace-stupa-pokhara-nepal

प्रदेश ४ को प्रदेश सभाले सोमबार अस्थायी रूपमा रहेको पोखरालाई नै स्थायी राजधानी बनाउने प्रस्ताव दुईतिहाइ बहुमतले पास गरेको छ ।

सोमबारको बैठकले पोखरालाई स्थायी राजधानी बनाउने प्रस्ताव पास गरेको हो । सोमबार प्रदेश सभामा उपस्थित ५२ जना प्रदेश सभा सदस्यले नै पोखरालाई राजधानी बनाउने प्रस्तावको पक्षमा मत दिए ।  ६० जना सांसदमध्ये बैठकमा ५२ जनाको उपस्थिति थियो ।

त्यसअघि छलफलमा भाग लिएका अधिकांश सांसदले पोखरालाई राजधानी बनाउने प्रस्तावको समर्थन गरेका थिए । बैठकले सर्वसम्मत रुपमा ४ नम्बर प्रदेशको राजधानी पोखरा तोकेको हो ।

राजधानीको नाम पोखरा तोकिए पनि प्रदेशको नाम भने तोकिएको छैन । भोलिदेखि प्रदेशको नामाकरणको विषयमा छलफल गर्ने कार्यसूची छ ।  यसअघि गठित नामाकरण सिफारिस समितिले प्रदेशको नाम गण्डकी राख्ने प्रस्ताव गरेको छ । यसमा केही सांसदले मात्रै विरोध जनाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ