बेल्जियम रसिया विश्वकपको क्वाटरफाइनलमा पुगेको छ। २ गोलले पछि परेको परेको अवस्था उल्टाउँदै बेल्जियमले जापानलाई पराजित गरेको हो। वैकल्पिक खेलाडी नासेर चाड्लीले इन्जुरी टाइमको अन्तिम मिनेटमा गोल गरेपछि जापानलाई ३-२ ले पराजित गरेको बेल्जियमले अब क्वाटरफाइनलमा ब्राजिलसँग खेल्नेछ।
रोस्तोभ अन डनमा खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। बेल्जियमले गोलको केही अवसर बनाएपनि जापानले गोल हुन दिएको थिएन।
दोस्रो हाफको सुरुमै जापानले २ गोल ठोक्यो। ४८औँ मिनेटमा गेन्की हारागुचीले गोल गर्दै जापानलाई अग्रता दिलाए। त्यसको ५ मिनेटपछि ताकासी इनुईले गोल गर्दै जापानको अग्रता दोब्बर पारे।
फिफा वरीयतामा तेस्रो स्थानमा रहेको बेलजियम विरुद् जापानले अग्रतालाई लामो समय जोगाउन सकेन। ६९औँ मिनेटमा जान भर्टोनगनले लुपिङ हेडरमार्फत गोल गर्दै गोल अन्तर कम पारे। त्यसको चार मिनेटपछि नै वैकल्पिक खेलाडी माराउने फेलिइनीले हेडमार्फत नै गोल गर्दै खेल बराबरी गरे।
निर्धारित ९० मिनेटको खेल पनि बराबरी भएको थियो। त्यसपछि थपिएको ४ मिनेटको इन्जुरी टाइमको पनि ४० सेकेण्ड मात्र बाँकी थियो। तर बेल्जियमले काउन्टर अट्याकमा गोल गर्दै अन्तिम ८ को यात्रा तय गर्यो।
खेलको अन्तिम समयमा गोल खाँदै पराजित भएपछि पहिलो पटक विश्वकपको क्वाटरफाइनल पुग्ने जापानको सपना पुरा हुन सकेन। उता बेल्जियम भने क्वाटरफाइनल पुगेको यो तेस्रो पटक हो। यसअघि रेड डेभिल्स १९८६ र २०१४ मा अन्तिम ८ मा पुगेको थियो।
सन् १९७० पछि विश्वकपको नटआउट स्टेजमा कुनै टोलीले २ गोलले पछि परेको अवस्था उल्टाउँदै जित हात पारेको यो पहिलो अवसर हो। सन् १९७० मा इंग्ल्याण्डले २-० को अग्रता बनाएपनि पश्चिम जर्मनीले लगातार ३ गोल गरेर खेल जितेको थियो।
सम्बन्धित खबर
२३ औं आहा रारा पोखरा गोल्डकप माघ दोस्रो साताबाट
पुरुषतर्फ आरभ र रिकु तथा महिलातर्फ आसाकुरा र महेश्वरी प्रथम
आइटीएफमा दोश्रो सर्किटमा सिंगलतर्फ प्रि.क्वटर तथा डबल्समा क्वाटरफाइनल सम्पन्न
पञ्चासेमा बालाचतुर्दशी मेला तथा भलिबल प्रतियोगिता मंसिर २३ देखि
आइटीएफमा दोश्रो सर्किटका खेल जारी
अंग्रेजी नयाँ वर्षमा फेवाताल किनारमा पुरूष भलिबल प्रतियोगिता
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका