पोखराको पृथ्वीचोकमा एक यात्रुले ग १ ज २०२६ नम्वरको ट्याक्सी रोके । जिल्ला ट्राफिक कार्यालयको गेटै अगाडि ट्याक्सी रोकेका यात्रुले ‘जरेवर कता पर्छ गुरुजी ? म दमौलीवाट आ’को, कति लाग्छ पु¥याइदिनु न’ भन्न नपाउँदै गुरु जी तुलाराम शर्माले भने ‘हजार दिनुन् बस्नुस् पु¥याइदिन्छु।’ पेसेन्जर वनेका थिए कास्की ट्राफिकका प्रहरी हवल्दार । करिव दुई किमी वाटो पार गर्न एक हजार भाडा मागेपछि ठामका ठाम चालक पक्राउ परे ।
ट्राफिक प्रहरीलाई नै ठग्न तम्सिएका ट्याक्सी चालकको हर्कत देखेपछि मिटरमा नचली यात्रु ठग्ने ट्याक्सी खोजी अभियान नै चलाएको छ । अपरान्ह करिव एक घण्टाको अवधिमा २२ वटा ट्याक्सीले मिटर नचलाई मनोमानी भाडा असुल गरेको आरोपमा नियन्त्रणमा लिएको छ।
उनिहरुलाई मंगलवार आवश्यक कारवाहीको लागि यातायात व्यवस्था कार्यालय सवारी गण्डकीमा पठाइने कास्की ट्राफिक प्रमुख इन्सपेक्टर ऐन बहादुर मल्लले वताए । कास्की ट्राफिकले सिभिल चेकजाँचका लागि प्रहरी कर्मचारी खटाई हस्पिटलचोक पृथ्वीचोक, सभागृह चोकवाट ट्याक्सी नियन्त्रणमा लिइएको थियो ।
मिटर नचलाई वढी भाडा लिने सवारीहरुमा ग १ ज ४१९४, ४६५६, ३९७७, २९३४, ५२६६, ४२५७, २०२६, ४५९३, ४२८५, ४६३५, ४८७४, १७६७, ३६९९ र ५२५४ नम्वरका ट्याक्सीहरु रहेका छन् । केहि दिन सुस्त रहेको मिटर ट्याक्सी अनुगमन र कारवाही सोमवार देख मिटर ट्याक्सी अनुगमन र कारवाही सोमवारवाट पुन सुरु गरिएको छ । नियम विपरित वढि भाडा लिने ट्याक्सी लगायतका यात्रुवाहक सवारीलाई नियमति अनुगमन गरि कानूनी दायरामा ल्याइने ट्राफिक प्रहरीले वताएको छ ।
यसरी ट्राफिक नियन्त्रणमा ल्याईएका बढि भाडा असुल गर्ने ट्याक्सीहरु केहि घण्टामै कागज पत्र लिएर उन्मुक्ति दिएको छ। पक्राउ परेकालाई जिल्ला पठाउन एस.पी. ओमरानाले निर्देशन दिएका थिए भने ट्राफिक प्रमुख ऐनबहादुर मल्लले पनि ट्याक्सीलाई जिल्ला पठाउने हामीसँग बताएका थिए । तर रहस्यमय ढंगले छुटकारा दिएपछि अनुगमन, पक्राउ र कारवाही केवल औपचारिकता लागि मात्र गरिएको भन्दै उपभोक्तावृत्तमा टिप्पणी भएका छन् । यसरी छुटेका ट्याक्सीहरुलाई पक्राउ गरेर भएपनि जरिवाना तिराउने एसपी रानाले बताएका छन् ।
यता पक्राउ परेका ट्याक्सीका चालकहरु आफूलाई प्रहरीले झुक्याएर पक्राउ गरेको गुनासो गर्दै आक्रोस व्यक्त गरे । मिटरमा चलाउन आग्रह नगरिकन कति लिने भन्दै सोधेपछि हामीले हचुवामा भाडा तोकेर भन्ने वितिक्कै पक्राउ गर्ने गरेको चालकले वताए । पेट्रोलको मूल्य वढेपनि मिटर समायोजन नगरिएको कारण समस्या परेको उनिहरु वताउँछन् ।
सराङकोट न्युज डटकमबाट
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो