पोखरा । प्रदेश नं. ४ को राजधानीमा सहमति जुटाएपनि नामका विषयमा अझै सहमति हुन सकेको छैन । प्रदेश ४ को नाम के राख्ने भन्ने बिषयमा नेकपाबीच सहमति नजुटेपछि संसद बैठक २ दिनका लागि स्थगित भएको छ ।
मंगलबार नामबारे छलफल गर्ने तयारी थियो । तर नेकपा भित्रै मतभेद भएपछि आज बैठक नै नबसी सूचना टाँस गरेर स्थगित भएको छ । कार्यब्यवस्था परामर्श समितिमा सहमति गरेर बैठक २ दिनका लागि स्थगित गरिएको हो । विशेष कारणबश बैठक स्थगित गरिएको भनी सूचनाा टाँसिएको छ ।
नामको बिषयमा अव २१ गते मात्रै छलफल चल्नेछ । यसका लागि अन्य दलले आफ्ना धारणा दिईसकेका छन् । तर नेकपाबीचमा के नाम पठाउने भन्ने टुंगिएको छैन । यसअघि, तत्कालिन एमालेले गण्डकी प्रदेश राख्न सिफारिस गरेको थियो । माओवादीले कुनैपनि सुझाव दिन भ्याएको थिएन ।
दुई पार्टी एकभएपछि एमाले पनि गण्डकीबाट केही पछि हटेको बुझिएको छ । यद्यपी, नेकपाकै संसदीय बैठकमा पनि सांसदहरुले फरक मत राखेको श्रोत बताउँछ । केहीले गण्डकी-तमुवान राख्ने प्रश्ताव अघि सारेपनि केहीले चाहीँ त्यसको विरोध गरेको र गण्डकी नाम राख्नुपर्नेमा जोड दिएका छन् ।
अरु पार्टीले चाहीँ गण्डकी उपयुक्त हुने सुझाव पेश गरेका छन् । यद्यपी नयाँ शक्तिले गण्डकीलाई दोश्रो प्राथमिकतामा राखेको छ । पहिलो प्राथमिकतामा गण्डकी तमुवान नै छ । जनमोर्चा र नेपाली काँग्रेसले गण्डकी सबैको साझा अपनत्वको नाम हुने उल्लेख गरेको छ ।
सुझाव संकलन समितिले पनि गण्डकीमा अधिक जनताको प्राथमिकता परेको प्रतिवेदन बनाएको छ । दोश्रोमा तमुवान मगरात र तेश्रोमा गोरखा प्रदेश राख्ने सुझाव समितिको छ ।
गएको असार १० गते नामाकंन तथा प्रदेश राजधानी सुझाव संकलन समितिका संयोजक विन्दुकुमार थापाले उपयुक्त विकल्प सहितको प्रतिवेदन सदनमा टेवुल गरेका थिए । त्यसपछि कुनै छलफल नगरी असार १७ गतेका लागि बैठक स्थगित भयो । १७ आईतबार बसेको बैठकले राजधानीको बिषयमा मात्रै छलफल गरेको थियो । सोमबार समेत थप छलफल गरी पोखरालाई सर्वसहमतिले राजधानी घोषणा गरिएको छ ।
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु