गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७, अक्टोबर ९ तारिखदेखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
स्वीट्जरल्याण्डलाई हराउँदै स्वीडेन रसियामा जारी विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
स्वीडेनले मंगलबार साँझ भएको खेलमा स्वीजरल्यान्डलाई १-० ले पराजित गर्दै क्वाटर फाइनल यात्रा तय गरेको हो। इमिल फोर्सबर्गले खेलको ६६ औँ मिनेटमा गरेको गोल नै स्वीडेनलाई क्वाटर फाइनल पुर्याउन पर्याप्त बन्यो। त्यसपछि दुवै देशले एक गोल पनि गर्न सकेनन्।
स्वीडेनले भने एक गोल गरेपछि रक्षात्मक खेलेको थियो। दुवै देशले गोलका लागि केही राम्रा अवसर सिर्जना गरेपनि गोलमा परिणत गर्न नसक्दा फोर्सबर्गको गोल नै खेलको निर्णायक गोल भयो। स्वीडेन २४ वर्षपछि विश्वकपको क्वाटर फाइनलमा पुगेको हो।
पछिल्लो पटक स्वीडेन सन् १९९४ मा क्वाटर फाइनलसम्म पुगेको थियो। स्वीडेनले क्वाटर फाइनलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।
सम्बन्धित खबर
पोखरा रंगशाला व्यवस्थित तबरले सञ्चालन गरिने
पोखरामा सुरु भयो माविस्तरिय ‘प्याब्सन स्पोर्टस मिट’
सफल पोखरा म्याराथनको तयारी सुरू
एलेक्सी र आसुकरा आइटीएफ–जे ३० च्याम्पियन
अर्जुनचौपारीको राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
एलेक्सी र आसुकरा आइटीएफ–जे ३० च्याम्पियन
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका