पेनाल्टी सुटआउटमा कोलोम्बियालाई हराउँदै इङ्ल्याण्ड विश्वकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरी र अतिरिक्त समयमा पनि कुनै गोल हुन नसकेपछि पेनाल्टी सुटआउटमा पुगेको थियो ।
पेनाल्टी सुटआउटमा भने इङ्ल्याण्ड ४–३ ले विजयी भयो । बुधबार बिहान सम्पन्न खेलको सुरुमा पेनाल्टी हानेका कोलोम्बियाका राडामेलले बललाई जाली चुमाए । लगत्तै इङ्ल्याण्डका ह्यारी केनले पनि बललाई जाली चुमाउँदै एक–एकको बराबरी गरे ।
यस्तै कोलोम्बियाका जाउनले पनि गोल गर्दै टीमलाई २–१ को अवस्थामा पुर्याउँदा इङ्ल्याण्डका मार्सकले प्रहार गरेको पेनाल्टीले पनि गोलको दिसा लियो । त्यसपछि कोलम्यिाका लुइस मुरियले पुन पेनाल्टी गोल गर्दा इङ्ल्याण्डका जोर्डन हेन्डरर्सनले पेनाल्टी मिस गरे ।
यतिबेलासम्म इङ्ल्याण्ड ३–२ को अवस्थामा रहँदा पेनाल्टी हान्न आएका कोलोम्बियाका माटेउसले पनि मिस गरे । त्यसपछि इङ्ल्याण्डका किरन ट्रिपियरले गोल गरेर ३–३ को अवस्थामा टोलीलाई पुर्याउँदा त्यसपछि पेनाल्टी हानेका कोलोम्बियाका कार्लोसले फेरि मिस गरे । त्यसपछि इङ्ल्याण्डका इरिक डिएरले गोल गरे र इङ्ल्याण्ड ४–३ ले विजयी भयो ।
यसअघि इङ्ल्याण्डका ह्यारी केनले पेनाल्टीबाटै खेलको ५७ औं मिनेटमा गोल गरेका थिए भने इन्जुरी समयमा कोलम्बियाका येरी मिनाले बराबरी गोल गरेका थिए । अब क्वाटर फाइनलमा इङ्ल्याण्डले स्वीडेनको सामना गर्नेछ । स्वीडेन र इंग्ल्यान्डको क्वाटर फाइनल खेल असार २३ गते हुनेछ।
सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान