इंग्ल्यान्डको संघर्षपूर्ण जीत, पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध

इंग्ल्यान्डको संघर्षपूर्ण जीत, पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध

eng_vs_col__7_dZJ3Lk6da7

पेनाल्टी सुटआउटमा कोलोम्बियालाई हराउँदै इङ्ल्याण्ड विश्वकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरी र अतिरिक्त समयमा पनि कुनै गोल हुन नसकेपछि पेनाल्टी सुटआउटमा पुगेको थियो ।

पेनाल्टी सुटआउटमा भने इङ्ल्याण्ड ४–३ ले विजयी भयो । बुधबार बिहान सम्पन्न खेलको सुरुमा पेनाल्टी हानेका कोलोम्बियाका राडामेलले बललाई जाली चुमाए । लगत्तै इङ्ल्याण्डका ह्यारी केनले पनि बललाई जाली चुमाउँदै एक–एकको बराबरी गरे ।

यस्तै कोलोम्बियाका जाउनले पनि गोल गर्दै टीमलाई २–१ को अवस्थामा पुर्याउँदा इङ्ल्याण्डका मार्सकले प्रहार गरेको पेनाल्टीले पनि गोलको दिसा लियो । त्यसपछि कोलम्यिाका लुइस मुरियले पुन पेनाल्टी गोल गर्दा इङ्ल्याण्डका जोर्डन हेन्डरर्सनले पेनाल्टी मिस गरे ।

यतिबेलासम्म इङ्ल्याण्ड ३–२ को अवस्थामा रहँदा पेनाल्टी हान्न आएका कोलोम्बियाका माटेउसले पनि मिस गरे । त्यसपछि इङ्ल्याण्डका किरन ट्रिपियरले गोल गरेर ३–३ को अवस्थामा टोलीलाई पुर्याउँदा त्यसपछि पेनाल्टी हानेका कोलोम्बियाका कार्लोसले फेरि मिस गरे । त्यसपछि इङ्ल्याण्डका इरिक डिएरले गोल गरे र इङ्ल्याण्ड ४–३ ले विजयी भयो ।

यसअघि इङ्ल्याण्डका ह्यारी केनले पेनाल्टीबाटै खेलको ५७ औं मिनेटमा गोल गरेका थिए भने इन्जुरी समयमा कोलम्बियाका येरी मिनाले बराबरी गोल गरेका थिए । अब क्वाटर फाइनलमा इङ्ल्याण्डले स्वीडेनको सामना गर्नेछ । स्वीडेन र इंग्ल्यान्डको क्वाटर फाइनल खेल असार २३ गते हुनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ