पोखरा । नेपाल खेलकुद पत्रकार मंच कास्कीद्वारा आयोजित तेश्रो टिभिएस अपाचे पोखरा स्र्पौट्स आवार्डका बिजेतालाई बतास ब्रर्दश प्राली नयाँ बजार पोखराले बाइक र स्कुटर हस्तान्तरण गरेको छ ।
बतास ब्रर्दशले सम्पूर्ण प्रक्रिया पुरा गरे पछि बाइक र स्कुटर खेलाडीलाई हस्तान्तरण गरेको हो । बतास ब्रर्दशका सहायक महाप्रवन्धक विश्वमणी भण्डारीले बतास शो रुममा आयोजित एक कार्यक्रमका बिच तेश्रो टिभिएस अपाचे पोखरा स्र्पौट्स आवार्डका बिजेता पुरुष खेलाडी कमल भण्डारीलाई अपाचे मोटरसाइकल र महिला खेलाडी बिमला नेपालीलाई विगो स्कुटर हस्तान्तरण गरेका हुन ।
सो अबसरमा सहायक महाप्रवन्धक भण्डारीले नेपाल खेलकुद पत्रकार मंच कास्की संग जोडिएर पोखरा स्र्पोट्स अर्वाड मार्फत खेलाडीलाई प्रोत्साहन स्वरुप बाइक र स्कुटर प्रदान गर्न पाएकोमा खुसी लागेको बताए । उनले आगामी वर्षहरुमा पनि यस्तो महत्वपूर्ण कार्यक्रममा कम्पनीले साथ दिने बताए । उनले बिजेता खेलाडी लाई बाइक र स्कुटरको साँचो हस्तान्तरण गरेका थिए ।
सो अबसरमा नेपाल खेलकुद पत्रकार मंच कास्की अध्यक्ष केशब पाठक, बतास ब्रर्दशका चिफ अपरेटिङ अफिसर राजेश रानाभाट, मंचका उपाध्यक्ष दिननाथ बराल, सचिव रञ्जन अधिकारी, कोषाध्यक्ष बिजय नेपाल लगाएत अन्य खेलाडी तथा पत्रकारहरुको उपस्थिती रहेको थियो ।
नेपाल खेलकुद पत्रकार मंच कास्कीद्वारा आयोजित तेश्रो टिभिएस अपाचे पोखरा स्र्पौट्स आवार्ड २०७५ जेठ १८ गते सम्पन्न भएको थियो । मंचले आगामी वर्ष बाट प्रदेश स्तरिय स्र्पोट्स अर्वाड गर्ने अध्यक्ष पाठकले बताए ।
सम्बन्धित खबर
एसीसी यू–१६ इस्ट जोन कपको उपाधि लिएर नेपाली टोली स्वदेश फिर्ता
प्रथम प्रगति एसईई कप सम्पन्न
इतिहास रच्नबाट चुक्यो नेपाल, पेनाल्टीमा उज्वेकिस्तानसँग पराजित
महिला टी– २० क्रिकेटको उपाधि स्याङजालाई
नेपाललाई एसीसी यू– १६ पुरुष इस्ट जोन कपको उपाधि
महिला टी- २० क्रिकेटः कास्की र स्याङजा फाइनल प्रवेश
यो पनि पढौँ
पोखराका मेयरलाई राजीनामा दिन सुझाव, जनता भन्छन् – ‘माखो मार्नुभएन, जिरो पर्सेन्ट काम, वडाध्यक्ष जति पनि छैन’
पोखराको लेकसाइडबाट ८ बालिकाको उद्धारः तीन स्पा सेन्टर कारबाहीमा
पोखरा महानगरपालिकाले सार्वजनिक सुनुवाइमा सहभागी हुन जारी सन्देशमा सदस्यहरू छुटाएपछि चार सदस्यको विमति
बाल प्रतिभा आवासीय माविमा विद्यार्थी सम्मान तथा बधाई कार्यक्रम सम्पन्न