[म्याच प्रिभ्यु]: उरुग्वे Vs फ्रान्स @ ७ः४५

[म्याच प्रिभ्यु]: उरुग्वे Vs फ्रान्स @ ७ः४५

960x0_dL2Al2UNqt

फिफा विश्वकपका ५६ खेल सकिँदा अब क्वार्टरफाइनलका चार, सेमिफाइनलका दुई तथा फाइनल र तेस्रो स्थानको प्लेअफ गरी आठ खेलमात्र बाँकी छन् । क्वार्टर फाइनलमा पुग्ने आठ टिममा ६ वटा युरोप र दुईवटा दक्षिण अमेरिकाका टिम छन् ।

क्वार्टर फाइनलमा आज साँझ दुई पटकको च्याम्पियन उरुग्वे र दोस्रो उपाधि जित्ने दाउमा रहेको फ्रान्स आमने–सामने हुँदैछन् । सात गोलको शनसनीमा अर्जेन्टिनालाई हराएपछि फ्रान्सले पोर्चुगललाई २–१ ले हराएको उरुग्वेसँगको भिडन्त पक्का गरेको हो । दक्षिण अमेरिकी प्रतिद्वन्द्वी अर्जेन्टिनालाई हराएर क्वार्टरफाइनल पुगेको फ्रान्सले लगत्तै अर्को दक्षिण अमेरिकी प्रतिद्वन्द्वी पाएको छ । फ्रान्स र उरुग्वेबीचको खेल नेपाली समयअनुसार पौने आठ बजे निज्नी नोभ्गोरोड रंगशालामा हुनेछ ।

फ्रान्स र उरुग्वेबीच शुक्रवार हुने विश्वकपको क्वार्टरफाइनल प्रतिस्पर्धामा सबैको नजर फ्रान्सका गोलमशिन किलियन एम्बाप्पेमा रहनेछ । उनलाई रोक्न उरुग्वेको डिफेन्सका लागि चुनौतीपूर्ण हुनेछ । उरुग्वेले अहिलेसम्म आफ्नो मजबूत डिफेन्सको बलमा खेलहरू जित्दै आएको छ ।

उन्नाईस वर्षीय एम्बाप्पे हरेक डिफेन्सलाई छेड्न समर्थ देखिएका छन् । यो प्रतिस्पर्धा उरुग्वेको डिफेन्स र एम्बाप्पेको गतिका बीच हुनेछ । फिटनेस समस्याबाट गुज्रिरहेका उरुग्वेका स्ट्राइकर एडिनसन कवानी पीएसजी क्लबमा एम्बाप्पेसँग खेल्छन् । उरुग्वेको आक्रमणको नेतृत्व लुइस सुआरेजले गर्नेछन् ।

कप्तान डिएगो गोडिनको नेतृत्वमा जोस जिमेनेज, मार्टिन कासेरेस र डिएगो लक्साटको डिफेन्सले यो विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै जम्मा एक गोल खाएको छ । अनि गोलकीपर फर्नान्डो मुस्लेरालाई पनि यसको श्रेय दिनुपर्ने हुन्छ ।

समूह चरणमा उरुग्वेले एक गोल पनि खाएन । अन्तिम १६ को खेलमा भने पोर्चुगलका पेपेले गोल गरे तर आफ्नो टोलीलाई जिताउन सकेनन् । ब्राजिलले पनि यो विश्वकपमा जम्मा एक गोल खाएको छ । उता फ्रान्सले भने चार गोल खाइसकेको छ । अनि फ्रान्स र उरुग्वे दुवैले सात–सात गोल गरेका छन् ।

उरुग्वेका अनुभवी डिफेन्डरहरूले आपसमा कुल ३५० अन्तर्राष्ट्रिय खेलको अनुभव बटुलिसकेका छन् त्यसैले एम्बाप्पेका लागि अर्जेन्टिनाविरुद्धको जस्तो सहजता हुने छैन । त्यसो त फ्रान्समा एम्बाप्पेबाहेक आत्वाँ ग्रिजम्यान पनि राम्रो फर्वार्ड
खेलाडी छन् ।

आफ्नो समूहमा विजेताका रुपमा दुवै टोली निकै राम्रो फर्ममा छन् । उरुग्वेका मिडफिल्डर डिएगो लाक्साल्टले आफ्नो टिम फ्रान्सका युवा हतियार केलियान एमबाप्पेलाइ रोक्न सक्नेमा विश्वस्त छन् । तर फ्रान्समा एमबाप्पेसँग एन्ट्वान ग्रिजम्यान, ओलिभर जिरुड र एंगोलो कान्टे जस्ता खेलाडी पनि जसलाई रोक्नका लागि उरुग्वे तयार छ ।

एमबाप्पेले अर्जेन्टिनालाई ४–३ ले हराउँदा दुई गोल गरेका थिए, जसका कारण डिडियर डेसच्याम्पको टोलीले पछिल्लो चार विश्वकपमा तेस्रो पटक क्वार्टरफाइनलको यात्रा तय गरेको थियो ।

उरुग्वेविरुद्ध खेलेको आठ खेलमा एकमा मात्र जित निकाल्न सकेको फ्रान्स १९ वर्षीय युवा स्ट्राइकरको प्रदर्शनका कारण ओस्कार टाबारेजको रणनीतिविरुद्ध जित निकाल्ने विश्वासमा छ ।

सन् २०१६ को युरोपियन च्याम्पियनसिपको फाइनलिस्ट फ्रान्स पछिल्लो नौ खेलमा दक्षिण अमेरिकी प्रतिद्वन्द्वीविरुद्ध अपराजित छ । अर्जेन्टिनाविरुद्धको खेलमा फ्रान्सले आफ्नो शक्तिको प्रदर्शन गरेको थियो ।

मुख्य हतियार इडिन्सन कभानीको इन्ज्युरीले उरुग्वेका प्रशिक्षक टाबारेजलाई चिन्ता लागेको छ । तर पछिल्लो सात खेलमा शतप्रतिशत नतिजा हात पार्दा एक गोलमात्र खाएको उरुग्वेका गोलकिपर फर्नाण्डो मुस्लेरालाई बिट गर्न भने फ्रान्सका अग्रपंक्तिका खेलाडीलाई मुस्किल पर्नेछ । लाक्साल्टले खेलको आधा समयमात्र पनि कभानी र स्वारेज सँगै खेल्न पाएको खण्डमा फ्रान्सलाई सहजै पाखा लगाउने बताउँछन् ।

‘उनीहरुको फरवार्डहरु उत्कृष्ट भएकाले हामीले डिफेन्समा जोड दिनेछौं ।’ लाक्साल्टले भने, ‘हामीले समूह चरण र पोचुगलविरुद्धको प्रिक्वार्टर फाइनलमा खेलेको जस्तै रक्षात्मक उत्कृष्टता जारी राख्नु पर्छ । एमबाप्पेलाई सकेसम्म कम ‘स्पेस’ दियौं भने अघिल्ला खेलमा जस्तै विपक्षीलाई निकै कठिन हुनेछ ।’

फ्रान्सका मिडफिल्डर ब्लेस माटुइडीले पीएसजीमा सँगै खेल्ने साथी काभानी फ्रान्सविरुद्ध खेल्न नसक्ने अपेक्षामा छन् । तर पनि उरुग्वे टिमलाई कम आँक्ने गल्ति नगर्ने प्रतिक्रिया दिन्छन् ।

तर दुईवटा पहेँलो कार्डका कारण उरुग्वेविरुद्धको खेल खेल्न नपाउने ब्लेसले भने, ‘मैले लामो समयदेखि कभानीलाई चिनेको हुँ । उनी अन्तिम समयसम्म पनि हार नमान्ने मेहनति खेलाडी हुन् । उनी खेलमा अन्तिमसम्म पनि आफ्नो सम्पूर्ण शक्ति लगाउनेछन् ।’

‘तर कभानी विनाको उरुग्वे अघिल्लो खेलको जस्तो हुनेछैन । तर उनलाई प्रतिस्थापन गर्नका लागि वैकल्पिक खेलाडी पनि क्षमतावान छन् ।’ ब्लेसले भने ।

फ्रान्सले अर्जेन्टिनालाई हरायो । तर दक्षिण अमेरिकी प्रतिद्वन्द्वी उरुग्वे भेट्रान डिफेन्डर डिएगो गोडिन र युवा डिफेन्डर जोसे जिमिनेजलाई परास्त गर्न फ्रान्सलाई कठिन हुनेछ । गोलकिपर फर्नाण्डो मुस्लेरा उरुग्वेका उत्कृष्ट गोलकिपर हुन्, जसले पछिल्लो चार खेलमा एकमात्र गोल खाएका छन् ।

उरुग्वे काउन्टर एट्याकमा पनि उत्तिकै बलियो छ । डिफेन्डर र अग्रपंक्तिका लुइस स्वारेजको कम्बिनेसनमा टिम जतिखेर पनि काउन्टर एट्याक गर्न सक्षम छ ।

म्याच फ्याक्ट्स
–सन् २०१० पछि उरुग्वे पहिलो पटक क्वार्टर फाइनल खेल्दैछ ।

–फ्रान्सले पछिल्लो पाँचमध्ये चार विश्वकपको क्वार्टर फाइनलमा पुगेको छ ।

–कालियन एमबाप्पेले यो विश्वकपमा हानेको पाँचैवटा सट टार्गेटमा लागेको थियो, जसमा तीनवटा सट गोलमा परिणत भएको छ ।

–एन्ट्वान ग्रिजम्यानले मुख्य प्रतियोगिता (विश्वकप र युरोपियन च्याम्पियनसिप) को नकआउट चरणमा ६ गोल गरेका छन् ।

–उरुग्वेको पछिल्लो तीन गोल इडिन्सन कभानीले गरेका हुन् ।

–हेड टू हेडमा उरुग्वे अघि छ । खेलेको कुल आठ खेलमा उरुग्वेले एउटामात्र खेल गुमाएको छ । विश्वकपमा यी दुई टोली तीन पटक खेलेका छन् । जसमा दुई खेल बराबरी भएको थियो भने एक खेलमा उरुग्वे विजयी भयो ।

–पछिल्लो पटक यी दुई टोली सन् २०१३ मा मैत्रिपूर्ण खेलमा आमने सामने भएका थिए । उरुग्वे १–० ले विजयी हुँदा लुइस स्वारेजले गोल गरेका थिए ।

प्लेयर्स टू वाच
डिएगो लाक्साल्ट–उरुग्वे

लाक्साल्ट उरुग्वे टिमका एक स्टार हुन जसको चर्चा तुलनात्मक रुपमा कम छ । विषेशगरी पोर्चुगलविरुद्धको खेलमा लाक्साल्टले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले पोर्चुगलको नौवटा सट बचाएका थिए । जुन कुनै पनि उरुग्वेका खेलाडीभन्दा बढी हो । आज फ्रान्सका स्ट्राइकर एमबाप्पेलाई राइट विङ्गमा रोक्नका लागि लाक्साल्टको मूपमका निकै महत्वपूर्ण हुनेछ ।

केलियन एमबाप्पे–फ्रान्स
एमबाप्पले अर्जेन्टिनालाई ध्वस्त गरे भन्दा गलत नहोला । उनको दुई गोलमा फ्रान्सले अर्जेन्टिनालाई पाखा लगाएको थियो । फ्रान्सका मुख्य हतियार एमबाप्पे डिएगो गोडिनको नेतृत्वमा रहेको उरुग्वेको डिफेन्सको टाउको दुखाईको विषय बन्न सक्नेछन् । फ्रान्सका लागि उनले २० खेलमा ६ गोल गरिसकेका छन् ।

उज्यालो अनलाइन डटकम, लोकान्तर डटकमबाट

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

आज ६०औँ राष्ट्रिय बाल दिवस
आज देशभरको मौसम कस्तो रहन्छ?
सुनास कास्कीको अध्यक्षमा सिरोज

ट्रेन्डिङ


This will close in 3 seconds