पोखरा । प्रदेश नं. ४ को नाम गण्डकी राख्ने सबैभन्दा ठूलो दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निर्णयपछि किचलो सुरु भएको छ । नयाँ शक्तिका २ सांसद बाहेक अरु सबै दलका सांसद गण्डकी नाममा सहमत छन् । त्यसैले अब प्रदेशको नाम गण्डकी हुने पक्का छ । तमु, मगर सहितका जनजाति संघसंगठनले चर्को आलोचना गरेका छन् । उनीहरु विरोध जुलुसमा उत्रिएका छन् ।
शुक्रबार बिहान संसद भवन परिसर नदिपुरसम्म जुलुस प्रदर्शन गरिएको छ ।
किरण गुरुङ र डा.जगमान गुरुङलाई सामाजिक बहिष्कार !
तमुवान—मगराँत संघर्ष समितिले तमुवान—मगराँतको पहिचान विरुद्ध भ्रम फिजाइको भन्दै प्रदेश नं. ४ का आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ र सँस्कृतिविद डा.जगमान गुरुङलाई सामाजिक बहिष्कार गर्ने भएको छ।
संघर्ष समितिको बिहीबार सम्पन्न बैठकले पहिचानको आन्दोलनको विरुद्ध बिषबमन गरेको भन्दै संघर्ष समिति सहित समितिमा आवद्ध कस्केली आदिवासी जनजाति संघ संस्थाले मन्त्री गुरुङ र सँस्कृतिविद डा.गुरुङलाई कुनै कार्यक्रममा आमन्त्रण नगर्ने, उनीहरु सहभागी रहेको कार्यक्रमको समेत बहिष्कार गर्ने घोषणा गरेको हो।
यस भन्दा अघि संघर्ष समितिले पहिचान विरुद्ध भ्रमित बनाउने नेता, विद्धान, लेखक लगायतलाई सच्चिन आग्रह गरेको भए पनि प्रदेश नामाकरणको सवालमा तमुवान विरुद्ध नै पटक पटक बोल्ने, प्रचारबाजी गर्ने गरेकाले मन्त्री र सँस्कृतिविदलाई वहिष्कार गर्ने निर्णय गरेको समितिले जनाएको छ।
यसरी नै संघर्ष समितिले आदिवासी जनजाति कोटाबाट प्रदेश सभा सदस्य बन्ने अवसर प्राप्त गरी आदिवासी जनजातिको आवाज नउठाई राजनीतिक दलका खेलौना बनेका आदिवासी जनजाति कोटाका प्रदेश सभा सदस्यहरुलाई समेत बहिष्कार गर्ने निर्णय गरेको छ। आदिवासी जनजातिको पहिचान र अधिकार प्राप्तिका लागि आवाज उठाउन आदिवासी जनजातिको आन्दोलनको उपलब्धि स्वरुप प्राप्त कोटाका सभा सदस्यहरु पटक पटक आग्रह गर्दा पनि गैर जिम्मेवार बनेकाले बहिष्कार गर्नुपरेको समितिले जनाएको छ।
प्रदेशको नामाकरणको बारेमा प्रदेश सभामा छलफल शुरु भईरहदा संघीयता मर्म र राज्यपुनसंरचनाको आधार बमोजिम तमुवान—मगराँत प्रदेश नामाकरण गर्नुपर्नेमा अन्यथा गरिए प्रदेश नं. ४ अनिश्चितकालिन बन्दको चेतावनी समितिले दिएको छ। समितिले पहिचान सहितको तमुवान—मगराँत प्रदेश नामाकरण गर्न माग र पहिचान विरुद्ध हुने षडयन्त्रका विरुद्ध शुक्रवार महेन्द्रपुलबाट विरोध र्याली निकाल्ने जनाएको छ ।
तमुवान—मगराँत प्रदेश नामाकरण हुनुपर्ने लगायतका आफ्ना मागहरु सम्बोधन नगरी पञ्चायत कालिन गण्डकी नामाकरण गरिए असार २४ गते आइतवार चिप्लेढुगा मानवअधिकार चोकबाट शवयात्रासहित गण्डकी प्रदेश नामको अन्त्येष्टि गरिने भएको छ। तमु लगायत आदिवासी जनजातिका संस्कार अनुसार पच्य, क्हेप्री, लम लगायतले विधि पुर्वक उक्त गण्डकी नामक शबको तुलसी घाटमा लगि अन्त्येष्टि गरिने संघर्ष समितिकी संयोजक कर्म तमुको अध्यक्षतामा सम्पन्न बैठकले निर्णय गरेको छ।
बिजयोत्सव मनाउन नेकपाको आग्रह, संघर्ष समितिको निर्णयको स्वागत
तमुवान–मगरात संघर्ष समितिले अर्थमन्त्री किरण गुरुङ सहित संस्कृतिविद् जगमान गुरुङलाई बहिष्कार गर्ने निर्णय गरेपछि अर्थमन्त्रीले निर्णयको स्वागत गरेका छन् । उनले जनजातिको पहिचान र सम्मानकै लागि गण्डकी नाम राखिएको प्रतिक्रिया दिए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै उनले तमुवान–मगरात संघर्ष समितिले गरेको बहिष्कारको निर्णय पनि स्वागत गरे । संसदीय दलको बैठकले नै सर्वसम्मत रुपमा गण्डकी नाम राख्ने निर्णय गरेको थियो ।
सोही प्रस्ताव संसदमा प्रतिनिधित्व गर्ने राजनितिक दलका सांसद मार्फत गण्डकी प्रदेश नामाकरण गरिने विज्ञप्तिमा भनिएको छ । गण्डकी नाम राख्न सघाउने सबैलाई धन्यवाद दिँदै आ–आफ्नो क्षेत्रमा बिजय उत्सव मनाउन पनि नेकपाले आग्रह गरेको छ ।

सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो