सुन्दर कुमार थकाली, मुस्ताङ । बेनी ,जोमसोम,जोमसोम कोरला सडकखण्ड अन्तर्गत उपल्लो मुस्ताङको घिलिङ र स्याङ्वाचेबीचको सडकमा कालिगण्डी करिडोर अन्तर्गत सडक बिस्तारमा प्रयोग भएको बा २ ख नम्बरको एक ट्रिपर दुर्घटना भएको छ ।
जोमसोम देखि झैते सम्मको ५८ किलोमिटर सडकमा शुक्रवार दिउसो २ बजे घिलिङबाट सडकमा काम गर्दे गरेका मजदुरलाई खाना खुवाई कार्य स्थलमा लैजनाने क्रममा फर्किने स्याङ्वोचे र घिलिङ बीचमा टिपर पल्टिएको स्याङ्वोचेका स्थानीय झ्याम्पा तेन्जिङले जानकारी दिए ।
उनका अनुसार कार्यस्थलमा फर्किएको टिपर सडकबाट करिव ७० मिटर तल खस्दा टिपरमा सवार करिव १० जनाको घटनामै मृत्यु भएको छ भने, १३ जना गम्भिर घाईते भएका छन् । गुरुङका अनुसार घाईते मृत्यु हुनेको संख्या बढ्न सक्ने जानकारी दिए ।
त्यस्तै करिडोरको सडकमा कार्यरत एक कर्मचारीका अनुसार टिपरमा कतिको सख्यामा मजदुर थिए भन्ने खुल्न नसकेको जानकारी दिए । घटनापछि घाईते भएका कामदारलाई जिल्ला अस्पताल जोमसोममा ल्याउने तैयारी भईरहेको बताए । त्यस्तै, गम्भिर घाईते भएकाले काठमान्डौबाट हेलिकप्टर झिकाईए पनि अझै हेलि घटना स्थलमा पुग्न नसकेको जनाए । घटनाबारे सम्पूर्ण जानकारी आउन समय लाग्ने उनले बताए ।घटना पछि स्थानीयले जिल्ला प्रहरी कार्यालय मुस्ताङमा खबर गरेका थिए ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु