काठमाडौं । रसियामा जारी विश्वकप २०१८ को पहिलो क्वार्टरफाइनल खेलमा उरुग्वेमाथि फ्रान्सले शान्दार जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको छ ।
निज्नी नोभ्गोरोड रंगशालामा भएको खेलमा फ्रान्सले उरुग्वेलाई २-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । भारेनको गोलसँगै फ्रान्सले पहिलो हाफमा अग्रता लिएको थियो ।
खेलको ४० औं मिनेटमा फ्रिकिकको बललाई हेडिङमार्फत गोल गर्दै भारेनले उरुग्वेमाथि अग्रता बनाएका थिए । पहिलो हाफ १-० ले अग्रता बनाएको फ्रान्सले दोश्रो हाफमा ग्रिजम्यानले प्रहार गरेको बल उरुग्वेका गोलकिपरको हातबाट छुटेर गोल भएको थियो ।
त्यसपछि दुवै टोलीबाट कुनै गोल हुन सकेन र फ्रान्स २-०को जित निकाल्दै सेमिफाइनलको यात्रा तय गर्न सफल भयो । उता, काभानी चोटका कारण मैदानमा नउत्रिनु उरुग्वेका लागि महंगो सावित हुन पुग्यो ।
सम्बन्धित खबर
एलेक्सी र आसुकरा आइटीएफ–जे ३० च्याम्पियन
अर्जुनचौपारीको राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
एलेक्सी र आसुकरा आइटीएफ–जे ३० च्याम्पियन
२३ औं आहा रारा पोखरा गोल्डकप माघ दोस्रो साताबाट
पुरुषतर्फ आरभ र रिकु तथा महिलातर्फ आसाकुरा र महेश्वरी प्रथम
आइटीएफमा दोश्रो सर्किटमा सिंगलतर्फ प्रि.क्वटर तथा डबल्समा क्वाटरफाइनल सम्पन्न
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका