[म्याच प्रिभ्यू] क्रोएसिया Vs रुस @१२ः४५

[म्याच प्रिभ्यू] क्रोएसिया Vs रुस @१२ः४५

Russia-vs-Croatia_PQJDOMXjld

विश्वकपको अन्तिम क्वार्टरफाइनलमा आज राति आयोजक राष्ट्र रुस र क्रोएसिया भिड्दैछन् । प्रि–क्वार्टरफाइनलमा स्पेनलाई पाखा लगाएको रसिया र डेनमार्कलाई हराएको क्रोएसियाबीचको खेल नेपाली समय अनुसार पौने १२ बजे सोचीस्थित ओलम्पिक स्टेडियममा हुनेछ ।

सन् १९६६ मा तत्कालीन सोभियत संघको रुपमा चौथो बनेको रसिया समग्रमा दोस्रो पटक क्वार्टरफाइनल खेल्दैछ । क्वार्टरफाइनल पुग्नका लागि रसियाले ठूलै चमत्कार गरेको थियो । समूह चरणमा दुई जित हात पारेको रुसले प्रि–क्वार्टरफाइनलमा दाबेदारमध्येको एक स्पेनलाई पेनाल्टी सुटआउटमा पन्छाउँदै क्वार्टरफाइनलमा पुगेको थियो ।

सन् १९९८ पछिकै सबैभन्दा बलियो टिम मानिएको क्रोएसियाले भने उत्कृष्ट प्रदर्शन गरेको थियो । समूह चरणमा अर्जेन्टिनालाई निरीह बनाउँदै विजेता बनेको क्रोएसियाले सनसनीपूर्ण पि–्रक्वार्टरफाइनलमा डेनमार्कलाई पाखा लगाउँदै रसियासँगको भेट पक्का गरेको थियो ।

तुलानात्मक रुपमा कमजोर देखिएको रसिया विश्व फुटबल जगतलाई आश्चर्यचकित बनाउँदै सेमिफाइनलमा पुग्न तयार छ । ९८ मा तेस्रो स्थान हासिल गरेको क्रोएसिया इतिहास दोहोर्‍याउने मात्र हाइन्, त्यसबेला भन्दा ठूलो सफलता हात पार्ने लक्ष्यमा छन् । यसको अर्थ फाइनलसम्म पुग्ने लक्ष्यमा छ । मिडफिल्डर इभान पेरिसिचले २० वर्षपछि क्रोएसिया विश्व फुटबलका महारथि भनिएका टिमहरुलाई स्तब्ध बनाउन तयार रहेको प्रतिक्रिया दिए ।

म्याच फ्याक्ट्स

–पछिल्लो पाँच विश्वकपमा क्वार्टरफाइनल पुगेका सबै आयोजक (इटाली १९९०, फ्रान्स १९९८, दक्षिण कोरिया २००२, जर्मनी २००६ र ब्राजिल २०१४) सेमिफाइनलमा पुगेका छन् ।

–क्रोएसियाले अघिल्ला दुई विश्वकपमा ६ खेलमा जति गोल (८) गरेको थियो, त्यति गोल उसले यो संस्करणमा चार खेलमा गरिसकेको छ ।

–पहिलो दुई खेलमा १० वटा सट टार्गेटमा हानेको रसियाले पछिल्लो दुई खेलमा भने दुईवटामात्र हान्न सफल भएको छ । त्यसमध्ये एउटा सट स्पेनविरुद्ध अर्तेम ज्युबाको पेनाल्टी थियो ।

–पहिलो दुई खेलमा गोल नखाएको क्रोएसियाले पछिल्लो दुई खेलमा भने एक–एक गोल खाएको छ ।

–युरोपेली प्रतिद्वन्द्वीविरुद्ध क्रोएसियाले सातमध्ये एक खेलमात्र गुमाएको छ । तर रसियाले विश्वकपमा स्पेनबाहेक कुनै पनि युरोपेली टिममाथि जित हात पार्न सकेको छैन ।

–विश्वकपमा क्रोएसियाका पछिल्लो १२ गोल दोस्रो हाफमा भएका छन् ।

–क्रोएसियाले यसअघि दुई पटक आयोजक राष्ट्रसँग खेलेको थियो, तर दुवै खेलमा उसले पराजय भोग्यो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ