स्विडेनलाई २–० गोलले हराउँदै इंग्ल्याण्ड जारी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सन् १९९० विश्वकपपछि इंग्ल्याण्डले पहिलो पटक विश्वकपमा सेमिफाइनलको यात्रा तय गरेको हो ।
इंग्ल्याण्डले स्विडेनलाई विश्वकपमा पहिलो पटक हराएको हो । यसअघि भएका दुई भेट बराबरीमा सकिएको थियो । इंग्ल्याण्ड आफ्नो समग्र विश्वकप इतिहासमा तेस्रो पटक सेमिफाइनलमा पुगेको हो । सन् १९६६ संंस्करणको विजेता बनेको इंग्ल्याण्ड सन् १९९० मा तेस्रो भएको थियो । फाइनल प्रवेशका लागि इंग्ल्याण्डले क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ ।
रुसको सामारा एरिनामा ३०औं मिनेटमा इंग्ल्याण्डले अग्रता लिएको थियो । एस्ले योंगले गरेको कर्नर प्रहारलाई इंग्लिस गोलरक्षक ह्यारी मग्वायरले हेडमार्फत गोल गरेका थिए । उनले इंग्लिस टोलीबाट पहिलो अन्तर्राष्ट्रिय गोल गरेका हुन् ।
पहिलो हाफमा एक गोलको अग्रता बनाएको इंग्ल्याण्डले दोस्रो हाफमा पनि गोल थप्यो । यसपटक पनि हेड गोल नै सम्भव भएको थियो । जेसे लिंगार्डको पासमा डेले अलीले पेनाल्टी एरिनाबाट हेड गोल गरेका थिए । अलीको पनि विश्वकपमा पहिलो गोल हो ।
स्विडेनको यसअघिका खेलमा जस्तो एकीकृत टिम गेमलाई इंग्ल्याण्डले ध्वस्त पारिदिएको थियो । पहिलो हाफमा उसले एउटै पनि राम्रो आक्रमण बुन्न सकेन । दोस्रो हाफमा गरेका केही प्रहार इंग्लिस गोलरक्षक जोर्डन पिकफोर्डले बचाएका थिए ।
बलियो भनिएको स्विडेनको रक्षापंक्ति पनि यस खेलमा सशक्त बन्न सकेन । स्वीडेनले दुवै गोल रक्षापंक्तिको कमजोरीका कारण खाएको थियो । हारसँगै २४ वर्षपछि विश्वकपको सेमिफाइनलमा पुग्ने अभियानमा रहेको स्विडेन क्वार्टरफाइनलबाटै बाहिरिएको छ ।
सम्बन्धित खबर
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
लुम्बिनी लायन्सले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम यो वर्ष पनि फाइनलमा चुक्यो
एनपीएल फाइनलः लुम्बिनीसँग सुदूर पश्चिमको उपाधि भिडन्त शनिबार
गल्याङमा राष्ट्रपति रनिङ शिल्डको उपाधि भानुभक्त माविलाई
कोल्मा बराहचौरमा राष्ट्रिय स्तरको क्रस–कन्ट्री दौड पौष ८ मा
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ