विश्वकपमा पहिलो पटक स्विडेनलाई हराउँदै २८ वर्षपछि इंग्ल्याण्ड सेमिफाइनलमा

विश्वकपमा पहिलो पटक स्विडेनलाई हराउँदै २८ वर्षपछि इंग्ल्याण्ड सेमिफाइनलमा

4E02C6EB00000578-5928705-image-a-61_1530976983310

स्विडेनलाई २–० गोलले हराउँदै इंग्ल्याण्ड जारी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सन् १९९० विश्वकपपछि इंग्ल्याण्डले पहिलो पटक विश्वकपमा सेमिफाइनलको यात्रा तय गरेको हो ।

इंग्ल्याण्डले स्विडेनलाई विश्वकपमा पहिलो पटक हराएको हो । यसअघि भएका दुई भेट बराबरीमा सकिएको थियो । इंग्ल्याण्ड आफ्नो समग्र विश्वकप इतिहासमा तेस्रो पटक सेमिफाइनलमा पुगेको हो । सन् १९६६ संंस्करणको विजेता बनेको इंग्ल्याण्ड सन् १९९० मा तेस्रो भएको थियो । फाइनल प्रवेशका लागि इंग्ल्याण्डले क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ ।

रुसको सामारा एरिनामा ३०औं मिनेटमा इंग्ल्याण्डले अग्रता लिएको थियो । एस्ले योंगले गरेको कर्नर प्रहारलाई इंग्लिस गोलरक्षक ह्यारी मग्वायरले हेडमार्फत गोल गरेका थिए । उनले इंग्लिस टोलीबाट पहिलो अन्तर्राष्ट्रिय गोल गरेका हुन् ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको इंग्ल्याण्डले दोस्रो हाफमा पनि गोल थप्यो । यसपटक पनि हेड गोल नै सम्भव भएको थियो । जेसे लिंगार्डको पासमा डेले अलीले पेनाल्टी एरिनाबाट हेड गोल गरेका थिए । अलीको पनि विश्वकपमा पहिलो गोल हो ।

स्विडेनको यसअघिका खेलमा जस्तो एकीकृत टिम गेमलाई इंग्ल्याण्डले ध्वस्त पारिदिएको थियो । पहिलो हाफमा उसले एउटै पनि राम्रो आक्रमण बुन्न सकेन । दोस्रो हाफमा गरेका केही प्रहार इंग्लिस गोलरक्षक जोर्डन पिकफोर्डले बचाएका थिए ।

बलियो भनिएको स्विडेनको रक्षापंक्ति पनि यस खेलमा सशक्त बन्न सकेन । स्वीडेनले दुवै गोल रक्षापंक्तिको कमजोरीका कारण खाएको थियो । हारसँगै २४ वर्षपछि विश्वकपको सेमिफाइनलमा पुग्ने अभियानमा रहेको स्विडेन क्वार्टरफाइनलबाटै बाहिरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ