आयोजक राष्ट्र रसियालाई हराउँदै क्रोएसिया फिफा विश्वकपको सेमिफाइनलमा पुगेको छ । प्रतिष्पर्धात्मक खेलमा रसिया पेनाल्टी सुटआउटमा क्रोएसिया भन्दा कमजोर सावित भयो । निर्धारित र अतिरिक्त समयमा बराबरी भएको पेनाल्टी सुटआउटमा पुगेको नाटकीय खेल क्रोएसियाले ४–३ ले बाजी मार्यो ।
पेनाल्टी सुटआउटमा फिदोर स्मोलाभको फितलो प्रहार क्रोएसियाका गोलकिपर डेनियल सुबेसिचले बचाएका थिए भने मारियो फर्नाण्डेजले बललाई सहि दिशा दिन सकेनन् । क्रोएसिया २० वर्षपछि सेमिफाइनलमा पुगेको हो ।
सन् १९९८ मा फ्रान्समा भएको विश्वकपमा क्रोएसिया सेमिफाइनलमा पुगेको थियो । तर सेमिफाइनलमा फ्रान्स (जसले विश्वकप जित्यो) सँग पराजित भयो । र, तेस्रो स्थानको प्लेअफमा क्रोएसियाले नेदरल्याण्डलाई हरायो ।
अब फाइनल प्रवेशका लागि क्रोएसियाले इंग्ल्याण्डको सामना गर्नेछ । क्वार्टर फाइनलमा इंग्ल्याण्डले स्वीडेनलाई २–० ले हराउँदै २७ वर्षपछि विश्वकपको अन्तिम चारमा स्थान बनाएको थियो ।
खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएको थियो भने अतिरिक्त समयमा दुबै टिमले १–१ गोल थपे ।
३१औं मिनेटमा डेनिस चेरिसेभले गोल गर्दै फिस्ट स्टेडियममा उपस्थित घरेलु समर्थकलाई खुसी दिलाए । अर्तेम ज्युबाले मिलाइदिएको बललाई चेरिसेभले दाहिने कुनाको जालिमा चुमाए ।
रसियाको त्यो खुसी आठ मिनेटभन्दा बढी टिकेन । ३९औं मिनेटमा मारियो मान्जुकिचको उत्कृष्ट क्रसलाई आन्द्रे क्रामारिकले हेडमार्फत गोल गरेपछि खेल बराबरीमा पुग्यो ।
खेलको १००औं मिनेटमा लुका मोड्रिचको पासमा डोमागो भिडाले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाए । अतिरिक्त समय सकिनु पाँच मिनेटअघि फर्नाण्डेजले गोल गर्दै जागोएभको फ्रिकिकमा हेडर गोल गर्दै रसियालाई खेलमा फर्काएका थिए । तर पेनाल्टी सुटआउटमा क्रोएसिया विजयी भएपछि ५२ वर्षपछि पहिलो पटक सेमिफाइनलमा पुग्ने रसियाको लक्ष्यमा पूर्णविराम लाग्यो ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो