पोखरा । ‘भेक्टर – डाइरेक्ट योर् भिजन’ नामका साथ स्वतन्त्र विद्यार्थी युनियन, ईञ्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस, लामाचौरमा साउन ३ देखि ५ गते सम्म हुने राष्ट्रिय स्तरको टेक्निकल फेस्टिवलको तयारीलाई तिब्रता दिइएको छ ।

न्यु टेक्निकल वाटर प्रुफिङ एन्ड रिहाविलेसन प्रालिको मुख्य प्रायोजनमा हुने सो फेस्टिवलमा प्रदेशकै उत्कृष्ट रेडियो बिग एफएम १०१.२ मेगाहर्ज तथा पोखरा महानगरपालिकाको सहकार्य रहेको छ । देशभरीका दुई दर्जन इञ्जिनियरिङ क्याम्पस र पोखराका दुई कलेजका विद्यार्थीद्वारा निर्मित आफ्ना इनोभेसन उक्त एक्स्पोमा प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

स्ववियू अध्यक्ष इन्द्र पौडेलका अनुसार सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गरिसकेको सन्दर्भमा यस टेक्निकल फेस्टिवललाई भिजिट नेपाल २०२० ले समर्थन गर्नेछ । भेक्टर – डाइरेक्ट योर भिजन अन्तरगत नै गण्डकी समन्वयद्वारा प्रायोजित सिभिल इञ्जिनियरिङ एण्ड साइन्स एक्जिविशन पनि हुन गइरहेको छ । यस कार्यक्रम सिभिल इञ्जिनियरिङ स्टुडेन्ट सोसाइटीद्वारा आयोजन गर्ने जनाइएको छ ।

स्ववियूद्वारा आयोजित यस कार्यक्रम व्यवस्थित र सफल बनाउन क्याम्पसको साथ र सहयोग सदैव रहने सहायक क्याम्पस प्रमुख बाबुराम भण्डारीले बताए । क्याम्पसकै गरिमा बढाउने यति ठूलो र चुनौतिपूर्ण कार्यक्रम विद्यार्थीकै सक्रियतामा हुँदा खुशी लागेको प्रतिक्रिया दिए ।

एक्स्पोमा प्रदर्शनका लागि स्मार्ट सिटी, क्लिन इनर्जी, पर्यटन, कृषि, शिक्षा थिममा प्रोजेक्ट तयार भईसकेको आयोजकले जनाएको छ । टेक्निक फेस्टिवलमा इञ्जिनियरिङ विद्यार्थीका प्रोजेक्ट, रोबोट प्रदर्शन, कोड क्याम्प २०१८, दुई प्रोजेक्ट, रोबोट फुटवल प्रतियोगिता, सेमिनार, खेलकुद तथा बिबिध सांस्कृतिक कार्यक्रम हुनेछन् । तीन दिन सम्म आयोजना हुने एक्स्पो बिहान १० बजे देखि बेलुका ५ बजे सम्म अवलोकन गर्न सकिनेछ । अवलोकन गर्न कुनैपनि शुल्क नलाग्ने हुँदा सम्पूर्णलाई प्रदर्शनी अबलोकन गरी इन्जिनियरिङ बिज्ञान र सूचनाप्रविधी हेर्न र सिक्न स्ववियू अध्यक्ष पौडेलले आग्रह गरे ।
आयुसा इन्टरनेसनल, एशियन पेन्ट, उत्साह एड्भर्ट, शिवम् सिमेन्ट, गण्डकन्युज डटकम, पोखरा बस व्यवसाय समिती, मार्केट ससांर लगायतले सहकार्य गरेका छन् ।
सम्बन्धित समाचार
डब्लूआरसीमा साउन पहिलो साता नेशनल टेक्निकल फेस्टिवल
http://gandaknews.com/national-technical-festival/
सम्बन्धित खबर
हिसान फुटसलमा गुरुकुल र कास्की मोडनाइज फाइनलमा
सहारा युकेका महासचिव गुरुङको सहारा आ.वि.मा सहयोग
द आर्ट अफ लिभिङद्वारा कैदीबन्दीलाई योग ध्यान र ज्ञानसम्बन्धी निःशुल्क तालिम
चिप्ली गाउँमा फागुन १३ देखि महाशिवरात्री मेला
पोखरा १४ र २६ जोड्ने सडक निर्माण शुभारम्भ
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
यो पनि पढौँ
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो
पोखरामा बढ्यो प्रदूषण, बन्याे देशको प्रदूषित सहर