विश्वकपको सेमिफाइनलका खेल आजदेखि सुरु हुँदैछन । पहिलो सेमिफाइनलमा आज बेल्जियम र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । यो खेल विश्वकप फाइनल अघिको फाइनलका रुपमा पनि हेरिएको छ ।
रसियाको क्रिस्तोभस्की रंगशालामा हुने दुई बलिया टिमको खेल राति पौने १२ बजेट सुरु हुनेछ । यो खेललाई स्टार खेलाडी विरुद्धको खेलका रुपमा पनि हेरिएको छ । गोल्डेन जेनेरेसनबाट गुज्रिरहेको बेल्जियमले फ्रान्स विरुद्ध ऐतिहासिक जित निकाल्ने लक्ष्यमा छ । आजको खेलमा फ्रान्सका ब्लेइसी मातुइदी एक खेलको प्रतिबन्ध पछि फर्किनेछन ।
क्वाटरफाइनमा उरुग्वे विरुद्ध राम्रो खेल्न नसकेका ओलिभर जिरुडपनि टिममा पर्ने पक्का जस्तै छ । यता बेल्जियमका लागि थोमर मुनियर दोहोरो पहेलो कार्डका कारण खेल गुमाउनेछन । जसका कारण बेल्जियमले डिफेन्सलाईनमा सफल गर्न सक्नेछ । प्रशिक्षक रोबेर्टो मार्टिनेज ब्राजिलविरुद्ध जुन रणनिती अप्नाएका थिए त्यहि फरमेसनमा उत्रने सम्भावना बढी छ । ब्राजिलविरुद्ध उनले तीन चार दुई एकको फरमेसनलाई प्रयोग गरेका थिए ।
फ्रान्सका डिफेन्डर राफेल भारानले बेल्जियम टिम यृुवामात्र होइन प्रति खेल परिपक्व भएर अगाडि बढेको छ । त्यसैले गर्दा फ्रान्सले होसियार भएर खेल्नुपर्ने बताए । साथै उनले रोमेलु लुकाकु र इडेन हाजार्डलाई विशेष मार्क गरेर खेल्नु पर्ने उनको विचार छ ।
यता बेल्जियमका मिड फिल्डर केभिन डी ब्रुयनाले सेमिफाइनल जस्तो ठाउमा पुगेपछि पक्कै पनि टिमको मानसिकता कमजोर नभएको बताए । फ्रान्स विरुद्ध बेल्जियम मानसिक, शारिरीक रुपमा तयार भएको उनको भनाई छ ।
फ्रान्स र बेल्जियम अहिलेसम्म ७४ पटक एकअर्काविरुद्ध मैदानमा उत्रिएका छन । फ्रान्सले अन्तर्राष्ट्रिय स्तरमा सबैभन्दा धरैपटक खेलेको टिम नै बेल्जियम हो । तर विश्वकपमा भने यी दुई टिम मात्र दुई पटक खेलेका छन ।
जसमा दुबैपटक फ्रान्स विजयी भएको छ । सन् १९८४ को युरोपियन च्याम्पियनसिपमा फ्रान्सले बेज्लियमलाई पाँच शन्यले हराएको थियो । अहिलेसम्मका खेलमा बेल्जियम ३० पटक जितेको छ भने २४ पटक फ्रान्स विजयी भएको छ ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो