एजेन्सी- अहिले विश्व फुटबलकाे महाकुम्भ विश्वकपमा झुमिरहेकाे छ । अागामी अाइतबार अबकाे विश्व च्याम्पियनकाे फैसला हुँदैछ । विश्वकप फुटबलमा विश्वले ध्यान दिइरहँदा अर्काेतिर फुटबल क्षेत्रकाे अर्काे ठूलाे समाचार बाहिर अाएकाे छ ।
समाचार हाे- पाेर्चुगिज स्टार क्रिस्टियानाे राेनाल्डाे इटाली जाने । किनकि उनलाई स्पेनिस क्लब रियल म्याड्रिडबाट इटालियन क्लब युभेन्टसले खरिद गरेकाे छ । युभेन्टसले राेनाल्डाेलाई स्पेनबाट इटाली ट्रान्सफर गर्न करिब डेढ खर्ब रुपैयाँ खर्चिएकाे छ । दुई क्लबबीच भएकाे सम्झाैतासँगै ३३ वर्षे राेनाल्डाे अब युभेन्टसबाट खेल्नेछन् ।
याे ट्रान्सफरसँगै राेनाल्डाेले भनेका छन्- मेराे जीवनकाे नयाँ चरणकाे सुरुवातकाे समय अाएकाे छ, त्यसैले मैले क्लबसँग मेराे ट्रान्सफर स्वीकार गर्न भनेकाे थिएँ । याे फुटबल दुनियाँमा भएकाे चार महंगा ट्रान्सफर मध्ये एक हाे । यसअघि बार्सिलाेनाबाट पिएसजी लैजाँदा ब्राजिलका नेयमारलाई क्लबले यसकाे दाेब्बर रकम तिरेकाे थियाे ।
फ्रान्सकाे खेलमा अहिले निकै चम्किएका खेलाडी एमबाप्पेलाई पनि झन्डै २ खर्ब तिरेर पिएसजीले माेनाकाेबाट खरिद गरेकाे थियाे । राेनाल्डाेकाे याे ट्रान्सफरपछि अब फुटबल पारखीहरुले त्याे खेलकाे प्रतिक्षा गरिरहेका छन् जहाँ राेनाल्डाेकाे पुरानाे टिम रियल म्याड्रिड र युभेन्टसबीच खेल हुँदैछ । यी दुई टिमबीच अमेरिकामा ४ अगस्टमा खेल हुँदैछ ।
रियल म्याड्रिडका र अाफ्ना समर्थकलाई राेनाल्डाेले एउटा चिठी लेखेका छन् । राेनाल्डाेले रियल म्याड्रिडका केही वर्ष जीवनका सबैभन्दा खुसीका वर्ष भएकाे बताएका छन् ।
उनले लेखेका छन्- रियल म्याड्रिडले मेराे र परिवारकाे मन जितेकाे छ । यी नाै वर्षमा मैले कयाैँ महान् खेलाडीविरुद्ध खेलेँ, उनीहरु सबैलाई मेराे सम्मान ।
-फरकधार
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु