काठमाडाैं- रुस विश्वकपकाे पहिलाे सेमिफाइनल खेलमा बेल्जियमलाई हराउँदै फ्रान्स फाइनलमा पुगेकाे छ । अाज हुने खेलले अब अाइतबार हुने फाइनलमा फ्रान्ससँग कसले खेल्ने भन्ने निर्धारण गर्नेछ ।
समूह चरण तथा क्वार्टरफाइनलमा उत्कृष्ट प्रदर्शन गरेका यी दुवैकाे खेल राेमान्चक हुनेमा कुनै द्विविधा छैन । याे विश्वकपमा अहिलेसम्म ६ गाेल गरेर गाेल्डेन बुटकाे दाबेदारमा सबैभन्दा शीर्ष स्थानमा अाफूलाई उभ्याएका ह्यारी केनले अाजकाे खेलमा पनि राम्राे प्रदर्शन गर्ने अनुमान गर्न सकिन्छ । किनकि यसअघिका खेलमा उनले निकै राम्राे गरेका छन् । त्यसले उनकाे मनाेबल पक्कै बढाएकाे हुनुपर्छ ।
२८ वर्षपछि सेमिफाइनलमा पुगेकाे इंग्ल्यान्डले यसपटककाे विश्वकप ट्रफी उचाल्नेमा अाफू विश्वस्त भएकाे इंग्ल्यान्डका काेच साउथगेटले मंगलबार बेलायती पत्रिकाहरुसँग बताएका छन् । टिमले गरेकाे राम्राे प्रदर्शनका कारण उनकाे अात्मबल निकै बढेकाे छ ।
१९६६ मा विश्वकप जितेकाे इंग्ल्यान्डले यसपटक पनि विश्व च्याम्पियन बन्ने सपना देखिरहेकाे छ तर उसका लागि अाज क्राेएशियासँग हुने खेल सहज छैन, टफ नै देखिन्छ ।
केनसँगै लुका माेडरिच र इवान रेकिटिचजस्ता अनुभवी खेलाडीका कारण बढेकाे इंग्ल्यान्डकाे अात्मविश्वासमा क्राेएशियाकाे बलियाे डिफेन्स बाधक पनि हुनसक्छ ।
सन् १९९८ मा पहिलाेपटक सेमिफाइनलमा पुगेकाे क्राेएशियाले यसपटक त्याे अनुभव र नयाँ व्यवस्थापनलाई सही तरिकाले प्रयाेग गर्ने अनुमान धेरैकाे छ ।
क्राेएशियाका सबै खेलाडी अत्यन्त राम्राे भएकाले इंग्ल्यान्डले खेल रणनीतिमा केही परिवर्तन ल्याउन सक्ने विश्लेषकहरुले बताएका छन् । तर, क्राेएशियाविरुद्ध जित निकाल्न इंग्ल्यान्डलाई त्यति समस्या नहुने तर्कहरु पनि छन् ।
यी तर्ककाे अाधार भनेकाे यी दुई देशबीच यसअघि भएका खेलका विश्लेषण हुन् ।
यी दुई देश यसअघि महत्वपूर्ण खेलमा एकपटकमात्र भेट भएका छन् । युराे कप २००४ मा भएकाे यी दुईकाे खेलमा इंग्ल्यान्डले ४-२ ले क्राेएशियालाई हराएकाे थियाे । यसबाहेक यी दुई टिमबीच भएका ७ खेलमा इंग्ल्यान्डले ४ खेलमा, क्राेएशियाले २ खेलमा जित निकालेका थिए । एउटा खेल बराबरीमा टुङ्गिएकाे थियाे ।
इंग्ल्यान्डको याे विश्वकप यात्रा
याे इंग्ल्यान्डका लागि तेस्राे विश्वकप सेमिफाइनल खेल हाे । याे विश्वकपमा यहाँसम्मकाे यात्रा इंग्ल्यान्डका लागि निकै राेमान्चक रह्याे । उसले १८ जुनमा ट्युनिसियाविरुद्ध सुरु गरेकाे पहिलाे खेलमा २-१ काे जित निकाल्याे । समूह चरणकाे दाेस्राे खेलमाउसले पानामालाई ६-१ काे फराकिलाे अन्तरले पराजित गर्याे । याे खेलमा ह्यारी केनले ह्याट्रिक गरे । याे विश्वकपकाे याे दाेस्राे ह्याट्रिक थियाे ।
समूह चरणकाे अन्तिम खेलमा उसलाई जित्नुभन्दा पराजित हुनु फाइदाजनक थियाे । नभन्दै समूहकाे शीर्षस्थानमा बेल्जियमलाई छाेड्दै इंग्ल्यान्ड नकअाउटमा प्रवेश गर्याे ।
इंग्ल्यान्डले प्रिक्वाटरफाइनलमा कोलम्बियासँग १–१ को बराबरी खेल्यो । निर्धारित समय र अतिरिक्त समयमा पनि १-१ काे बराबरीमा खेल रहेपछि पेनाल्टी सुटअाउटमा उसले काेलम्बियालाई ४-३ ले पराजित गर्याे ।
याे यात्रामा एक खेलमा मात्र पराजित भएकाे इंग्ल्यान्डले सेमिफाइनलमा प्रवेश गर्न स्वीडेनलाई २-० ले पराजित गर्याे ।
सेमिफाइनलसम्म क्राेएशियाकाे यात्रा
१७ जुनमा नाइजेरियालाई २-० ले हराएर विश्वकप २०१८ काे सुखद सुरुवात गरेकाे क्राेएशियाले समूह चरणकाे दाेस्राे खेलमा अर्जेन्टिनलाई ३-० ले पराजित गर्दै विश्वका फुटबल प्रेमीकाे ध्यान तान्याे । समूह चरणको अन्तिम खेलमा पनि क्रोएशियाले आइसल्यान्डलाई २–१ ले पराजित गर्याे । समूह चरणका तीनै खेल जितेकाले क्राेएशियाले सबैकाे ध्यान तान्याे ।
अन्तिम १६ काे खेलमा डेनमार्कलाई पेनाल्टी सुटअाउटमा क्राेएशियाले हरायाे । अत्यन्त राेमान्चक रहेकाे क्वार्टरफाइनलमा अायाेजक रुसलाई पेनाल्टी सुटअाउटमा स्तब्ध पार्दै क्राेएशिया सेमिफाइनलमा अाएकाे हाे ।
फरकधार
सम्बन्धित खबर
टोस्टमास्टर्स फुटसल प्रतियोगिता २०२५ सम्पन्न
नवौं पोखरा स्पोर्ट्स अवार्ड-२०८१ : अरुणा शाही र विश्वास अधिकारी सर्वोत्कृष्ट
अर्जुनचौपारीमा `प्रथम अर्जुनचौपारी फुटबल कप – २०८२´ हुने
प्रथम लायन्स कप भलिबलको उपाधि इरानी टोलीले जित्यो
लायन्स कप भलिबलः एपिएफलाई हराउँदै आर्मी तेस्रो
उदीयमान खेलाडीमा बादल, जितबहादुर र रचनाको प्रतिष्पर्धा, कसले पाउँला अवार्ड?
यो पनि पढौँ
पत्रकार महासंघका पूर्व सदस्य बास्तोलाको निधन
पोखरामा वडाध्यक्षले एकै दिन कर्मचारी र व्यवसायीमाथि हातपात गरेपछि तनाव
कर्मचारी र व्यवसायीलाई हातपात गर्ने पोखराका वडाध्यक्ष पराजुली पक्राउ
पोखरा ४ का वडाध्यक्ष पराजुलीलाई ३ दिन हिरासत राख्न अनुमति