फिफा विश्वकप २०१८ फुटबल प्रतियोगिताको फाइनलमा स्थान बनाएसँगै क्रोएसियाले पाँच वटा रेकर्ड बनाएको छ। क्रोएसियाले बुधबार भएको दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई २-१ गोलले पराजित गर्दै पहिलोपटक विश्वकपको फाइनलमा स्थान बनाएको हो।
क्रोएसिया विश्वकपको फाइनलमा पुग्ने १३औं देश बन्यो। युरोपबाट फाइनलमा पुग्ने क्रोएसिया १०औं टिम हो। फाइनलमा पुगेका ८ टिमले मात्र उपाधि जितेका छन्। आइतबार फ्रान्सलाई हराउन सके क्रोएसिया विश्वकप जित्ने नवौं टिम मात्र होइन नयाँ च्याम्पियन समेत बन्नेछ।
विश्वकपको फाइनलमा पुग्ने क्रोएसिया जनसंख्याको आधारमा दोस्रो सानो देश हो। यसअघि उरुग्वेले १९ लाख जनसंख्या हुँदा फाइनलमा स्थान पक्का गरेको थियो। हाल क्रोएसियाको जनसंख्या ४२ लाख छ।
क्रोएसिया विश्वकपको फाइनलमा पुग्ने अहिलेसम्मकै कम वरीयताको टिम हो। क्रोएसिया हाल फिफा वरीयतामा २०औं स्थानमा छ। यो रेकर्ड सन् १९९२ मा वरीयता सुरु भएपछिको हो।
क्रोएसिया नकआउट चरणमा तीन खेलमा पछाडि परेर पनि पुनरागमन गर्ने पहिलो टिम हो। क्रोएसियाले अन्तिम १६ मा डेनमार्क, अन्तिम ८ मा रसिया र सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध पछि परेपनि जित हात पार्यो। क्रोएसियाले सुरुवाती २ खेलमा पेनाल्टी सुटआउटमा जित्दा सेमिफाइनलन थप समयमा जित हात पार्यो।
क्रोएसिया एउटै विश्वकपमा तीन पटक थप समयको खेल खेल्ने तेस्रो टिम बन्यो। यसअघि सन् १९९० र २०१४ मा अर्जेन्टिना तथा सन् १९८६ मा बेल्जियमले तीन खेल थप समयसम्म खेलेका थिए।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
पोखरा स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस अवार्डमा को-को परे ?
पोखरा रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ