पोखरामा लामो इतिहास बोकेको सौन्दर्य प्रतियोगिता मिस पोखराको दशौं संस्करण सुरु भएको छ । आयोजक जेसिआई पोखरा, नेपालले आवेदन फाराम खुल्ला गरेको छ ।
युवा नारीहरुको अन्तरनिहित क्षमता तथा प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ प्रतियोगितालाई निरन्तरता दिइएको आयोजकले जनाएको छ । हिमा अस एजुकेशन कन्सल्टेन्सिको मुख्य प्रायोजन हरेको दशौं संस्करणको मिस पोखरा २०१८ को लागि आवेदन फाराम खुल्ला भएको बिहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
प्रतियोगितामा प्रमाणपत्र तह उत्तीर्ण गरेका र १६ देखी २४ बर्ष सम्मका अविवाहित नारीहरुले सहभागिता जनाउन पाउने कार्यक्रम संयोजक जेसी देवराज शर्माले बताए । सहभागी हुन चाहनेहरुले फारम भरिसकेपछि साउन १९ गते अडिसन हुने र करिब एक महिनाको बन्द प्रशिक्षण पछि असोज २० गते प्रतियोगिताको फाईनल पोखरा सभागृहमा हुने उनले बताए ।
प्रतियोगिताको बिजेताले ’मिस पोखरा’को टाईटल संगै ताज, स्कुटर, ५० हजार रुपैंया तथा आकर्षक गिफ्ट ह्याम्पर सहित एक हप्ता अष्ट्रेलिया भ्रमणको अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ । साथै मिस नेपालमा सिधै सहभागिता जनाउन पाउनेछिन् ।
यस्तै, फस्र्ट रनर अपले ताज, ३० हजार रुपैया र आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् भने सेकेण्ड रनर अपले ताज, २० हजार रुपैया तथा आकर्षक गिफ्ट ह्याम्पर हात पार्नेछन् । अन्य १० जना प्रतियोगिलाई बिधागत रुपमा सब टाईटल अवार्ड सहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजक पोखरा जेसिजका अध्यक्ष शिव सुवेदीले जानकारी दिए ।
मिस पोखराले मिस नेपालमा बिना अडिसन सिधै सहभागी हुन पाउने भएकाले पनि यो प्रतियोगितालाई बिशेष महत्वका साथ हेरिने गरिन्छ । सन् १९९५ मा पहिलो मिस पोखरा रीता गुरुङ मिस नेपाल फस्र्ट रनर अप हुन सफल भएकी थिइन् । त्यस्तै, सन् १९९७ मा मिस पोखरा निलिमा गुरुङले मिस नेपालको उपाधि जितिन् । जुन अहिलेसम्म मिस पोखराले प्राप्त गरेको ठूलो उपलब्धि हो ।
सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन