यातायात व्यवस्था कार्यालय, गण्डकी सवारी चालक अनुमति पत्र शाखाका हाकिम चढेको गाडीले आफ्नै कर्मचारीको खुट्टा भाँच्ने गरी ठक्कर दिएको छ । पोखरा छोरेपाटनमा भएको दुर्घटनामा दीपक खत्री घाईते भएका छन् । गाडीमा सवार हाकिम तेजनारायण यादव र लक्ष्मण बानियाँ कास्की प्रहरीको नियन्त्रणमा छ ।
सार्वजनिक बिदाको दिन शनिबार । कार्यालयबाट बनभोज जाने योजना बन्यो । श्रोतका अनुसार पिकनिकमा कार्यालयका प्रमुख तेजनारायण यादव समेत मादक पद्धार्थ सेवन गरे । सँगै फर्कदाँ अगाडि अगाडि रहेको मोटरसाइकलमा सवार खत्रीलाई हाकिमको गाडीले ठक्कर दियो ।
घटनापश्चात् हाकिमको सरकारी नम्बर प्लेटको गाडी बा २ झ २४३४, मोटरसाइकल र संलग्न २ जनालाई ट्राफिक प्रहरी छोरेपाटनबाट, वडा प्रहरी कार्यालय बैदाम हुँदै जिल्ला प्रहरी कार्यालय लगिएको वडा प्रहरी कार्यालय बैदाम प्रमुख डिएसपी नविन कार्कीले जानकारी दिए ।
मापसे गरेका हाकिमले नै गाडी ठोकेको प्रत्यक्षदर्शीले जनाएका छन् । तर, प्रमुख यादवले भने आफूले नचलाएको दाबी गरेका छन् । लक्ष्मण बानियाँले आफूले चलाएको बताएको डिएसपी कार्कीले बताए । उनले यस विषयमा अनुसन्धान भईरहेको र घाईतको उपचार पनि भईरहेको जनाए । मापसे गरे नगरेको बारे जाँच गरिने उनले बताए ।
प्रहरी श्रोतका अनुसार मापसे गरेकै कारण दुर्घटना भएको हो ।
सम्बन्धित खबर
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई जनाको जीवितै उद्धार
‘निःस्वार्थ सहयोगमाथि सरकारी तहबाटै राजनीतिकरण हुँदा निरन्तरता दिन कठिन भयो’: लेकसाइड होटलियर्स क्लब
बाढीप्रभावितको राहत तथा पुनःस्थापनाका लागि ईशा नेपालद्वारा १ करोड रुपैयाँ सहयोग
गण्डकीमा फणीन्द्रलाई फेरि ऊर्जा मन्त्रालय
बाढीपीडितका लागि अटोवेज, प्रतिभा मावि र गोविन्द–कलावती फाउन्डेसनबाट ४१ लाख बढी सहयोग
यो पनि पढौँ
बाढीपीडितका लागि अटोवेज, प्रतिभा मावि र गोविन्द–कलावती फाउन्डेसनबाट ४१ लाख बढी सहयोग
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्टले प्रदान गरे बाढी पीडितलाई एक महिनाको तलब
‘निःस्वार्थ सहयोगमाथि सरकारी तहबाटै राजनीतिकरण हुँदा निरन्तरता दिन कठिन भयो’: लेकसाइड होटलियर्स क्लब