गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
तनहुँ, ३० असार । गत असार ९ गतेदेखि बेपत्ता पोखरा महानगरपालिकाका बरिष्ठ अधिकृत ४९ वर्षिय ओमराज पौडेलको शव २२ दिनमा शनिबार बिहान भेटियो ।
तनहुँको भिमाद नगरपालिका वडा नं. ६ मा पर्ने सेती नदीको किनारमा शव यस्तो अवस्थामा भेटिएको हो । विहान करिव ९ बजेतिर स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । भिमाद बजारको ठिक तलपट्टि नदी किनारमा शव फेला परेको थियो । शव बाढी रोक्न लगाइएको ढुंगाको जालीले किनारमा उतारेको थियो । अनुहारको भाग ठोक्किएर फुटेको, दाँत झरेको अवस्थामा थियो ।
मुचुल्का भएपछि पोष्टमार्टमका लागि पोखरा ल्याइयो । शव बुझ्न ओमराजका आफन्त भिमाद नै पुगे । असार ९ गते मनिङ वाकका क्रममा विहान ५ः३० बजेदेखि ओमराज बेपत्ता थिए ।
घरबाट सरसफाइको कार्यक्रम जाने भन्दै उनी निस्किएका थिए । पौडेलले घर छाड्नु अघि श्रीमतीलाई सम्बोधन गरेर एउटा नोट समेत छाडेका थिए । उक्त नोटमा श्रीमतीलाई खुसी राख्न नसकेको र आगामी दिनमा साथ दिन नसक्ने उल्लेख गर्नुका साथै सन्ततीलाई सम्बोधन गरेर ३ फूललाई राम्ररी हेरविचार गर्न श्रीमतीलाई अनुरोध गर्दै अलबिदा लेखेको प्रहरीले सार्वजनिक गरेको थियो ।
पत्रमा लेखिएको छ ‘कठै उर्मिला, तिमिले यति धेरै माया दिँदा पनि जीवनभर साथ दिन सकिनँ । ३ वटा कोपिला तिम्रो जिम्मामा छाडेर जाँदैछु । राम्रोसँग बसे चारै जना । अलबिदा ।’ उनका एक श्रीमती, दुई छोरा र १ छोरी छन् ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो