पोखरा । गण्डकी प्रदेशको संसदलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक सम्बोधन गर्ने भएका छन् । गण्डकी प्रदेशसभाको बिहिबारको बैठकलाई ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रदेशका उपसभामुख सिर्जना शर्माले प्रधानमन्त्री ओलीले दिउँसो १२:४० बजे संसद बैठकमा सम्बोधन गर्ने जानकारी दिइन् । प्रधानमन्त्री ओलीले बैठक सम्बोधन गर्ने भएपछि त्यसकै तयारीको लागि बुधबार दिउँसो ४ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक डाकियो ।
प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्ने भएपछि संसद सचिवालयले सबै सांसदलाई साढे १२ बजे उपस्थित हुन सूचना जारी गरेको छ। यस्तै, सुरक्षा व्यवस्थाको तयारीको लागि सर्कुलर जारी गरिएको संसद सचिवालयका सचिव शम्भु खड्काले जानकारी दिए ।
उता, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने प्रधानमन्त्री ओलीको संसद बैठकलाई सम्बोधन गर्ने कार्यक्रममा अवरोध गर्ने संकेत गरेको छ।
संसदीय दल स्रोतका अनुसार दलले लिखित रुपमा नै निर्णय नगरेतापनि कांग्रेसले गोविन्द केसीको मुद्दालाई लिएर सदन अवरुद्ध गर्ने जनाईएको हो।
देश र जनताको हितमा ल्याईएको चिकित्सा शिक्षा विधेयकलाई कांग्रेस सरकारको पालामा ल्याएजसरी नै लागु गर्नुपर्ने, डा। गोविन्द केसीको जीवनरक्षाको विषयमा सरकार जिम्मेवार नभएको विषय उठान गरेर कांग्रेसले सदन अवरुद्ध गर्ने स्रोतले जानकारी दिएको छ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए