गुण्डागर्दी, हप्ता असुली र मिटर ब्याजमा संलग्न ललित गुरुङ सहित १० जना जेल चलान

गुण्डागर्दी, हप्ता असुली र मिटर ब्याजमा संलग्न ललित गुरुङ सहित १० जना जेल चलान

Lalit Gurung

पोखरा, ७ साउन । कास्की प्रहरीले गुण्डागर्दी, हप्ता असुली र मिटर ब्याजमा संलग्न ललित गुरुङ सहित १० जनालाई जेल चलान गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले गुरुङलाई ६ महिना कैद सजाय र २५ हजार जरिवाना तोकेको छ । यस्तै, चन्द्र गुरुङ, प्रकाश गुरुङ, शनिराज डंगोल,धनकुमार पुर्जा, कृष्ण रोकामगर, महेश अर्याल, सरोज चापागाई, पुनम गुरुङ लाई ४–४ महिना कैद सजाय र २५ हजार जरिवाना तोकेको छ । सुमन श्रेष्ठलाई २ महिना जेल सजाय र २० हजार जरिवाना फैसला सुनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारले सो कैद सजाय निर्णय गरेका हुन् । प्रहरीले तीनसाता अघि १५ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको थियो । तिमध्ये १० जनालाई जेल पठाएको हो । पक्राउ परेका मध्ये बिजय रानाभाट र नवीन गुरुङ लगायत यसअघि नै छुटिसकेका छन् ।

यसैबीच, सजाय सुनाईएकाहरुलाई भेट्न गएकाहरुलाई पनि कास्की प्रहरीले पक्राउ गरी तारेखमा छोडेको छ । ‘मुद्धा फैसला गर्ने बेलामा होहल्ला गरे भनेर पक्राउ गरिएकोर राति नै छोडिसकिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ