कास्की : पौडी खेल्ने क्रममा डुबेर मृत्यु
मिति २०७५।०४।०६ गते अन्दाजी १४:०० बजेको समयमा जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका-१५ टुटुङगा बस्ने वर्ष ३१ को प्रकाश गुरुङ सोहि स्थान स्थित बेगनास तालमा माछा मार्न जाने क्रममा पौडि खेल्दा अचानक डुबेको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिगई उद्दार गरि उपचारको लगि पश्चिम क्षेत्रीय अस्पताल लगिएकोमा १५:१५ बजे उपचारको क्रममा मृत्यु भएको छ । उक्त स्थानमा प्रहरी टोली खटिगई थप अनुसन्धान भईरहेको छ ।
स्याङ्जा : पहिरोले घर क्षति
मिति २०७५।०४।०५ गते राती परेको अविरल बर्षाको कारण जिल्ला स्याङ्जा अर्जुनचौपारी गाउँपालिका-४ राम्चे बस्ने वर्ष ४० को यामप्रसाद चापागाईको २ तले ढुङ्गा माटोले बनेको कच्ची घर भत्केको भन्ने खवर मिति २०७५।०४।०६ गते १३:०० बजे प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिगई हेर्दा घरमा रहेको अन्नपात,भाडावर्तन,लत्ता कपडा गरी अन्दाजी ५ लाख ३० हजार वरावरको क्षती भएको पाईएको छ ।
स्याङजा : बेहोस अवस्थामा फेला
मिति २०७५।०४।५ गते जिल्ला स्याङजा पुतलि बजार नगरपालिका वडा न.१ स्थित होटल लाफामा जिल्ला स्याङजा भिरकोट नगरपालिका वडा न.१ बस्ने वर्ष ६४ को धन बहादुर गुरुङ बास बसेकोमा आज मिति २०७५।०४।६ गते १३:०० बजेको समयमा होटल साहुले निज बसेको कोठामा गई हेर्दा निज धन बहादुर गुरुङ बेहोस अवस्थामा देखि निजलाई उपचारको लागि जिल्ला अस्पताल स्याङजामा पठाईएको छ । उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिगई थप अनुसन्धान भईरहेको छ ।
पर्बत : सवारी दुर्घटना २ जना घाईते
मिति २०७५।०४।०६ गते अन्दाजी १२:४० बजेको समयमा पर्बतको जलजला गाउँपालिका ३ वारिवेनी स्थित मालढुङ्गा-वेनि सडक खण्डमा बेनिबाट पोखरा आउदै गरेको ग१३प ३९८ नम्बरको क्रसफाएर मोटरसाईकलले बाटो काट्दै गरेका सोहि स्थान बस्ने वर्ष १२को बिजय रसाइलीलाइ ठक्कर दिँदा घाइते भइ उपचारार्थ बेनि अस्पताल म्याग्दि लगिएको छ । साथै मोटरसाईकल चालक म्याग्दीको बेनी नगरपालिका ७ बस्ने वर्ष १९ को सफल के.सि. समेत घाईते भई उपचार भैरहेको छ । उक्त स्थानमा तत्कालै प्रहरी टोली खटि गएको छ ।
कास्की : सवारी दुर्घटना १ जना घाईते
मिति २०७५।०४।०६ गते अन्दाजी १०:३० बजेको समयमा जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका-१६ लामाचौर स्थित रहेको पश्चिमाञ्चल ईन्जिनियरिङ कलेजको कम्पाउण्ड भित्र ग११प४५३१ नं को स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुंदा चालक जिल्ला धनुषा घर भइ सोही कलेजको होस्टेलमा बस्ने वर्ष २१ को अमृत झा घाईते भई उपचारको लागि फिस्टेल अस्पताल लगिएको छ । उक्त स्थानमा तत्कालै प्रहरी टोली खटि गएको छ ।
प्रहरी उपरीक्षक
(विरेन्द्र कुमार वस्याल)
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो