महेन्द्र जिसी, पर्वत । विद्यालयमा अध्ययनरत बालिकाहरुलाई अप्राकृतिक यौन अपराध गरेको अभियोगमा एक प्रधानाध्यापक पक्राउ परेका छन् ।
पर्वतको फलेवास नगरपालिका–६, देवीस्थानमा सञ्चालित माझीगाउँ आधरभुत विद्यालयका प्रधानाध्यापक खिमप्रसाद शर्मालाई प्रहरी चौकी देवीस्थानले आइतबार गिरफ्तार गरेको हो ।
५० वर्षका प्रधानाध्यापक खिमप्रसाद शर्माले विद्यालयमा पढाउने क्रममा ७ वर्षदेखि १२ वर्षसम्मका ४ बालिकालाई अप्राकृतिक यौन हिंसा गरेको आरोप लागेको छ । शिक्षक शर्माले करिब १ वर्षदेखि विद्यालयमा अध्ययनरत बालिकालाई यौनाङ्ग खेलाउन लगाउने, खेलाइदिने गरेको पीडित बालिकाहरुले प्रहरी र अभिभावक समक्ष बताएका छन् ।
छोरी टोलाउने, एकसुर हुने र बेलाबखत बिरामी हुने गरेपछि चिकित्सकले समेत फोबिया भएको बताएपछि छोरीलाई सोध्दा शिक्षकले हिंसा गर्दै आएको थाहा भएको अभिभावकले बताएका छन् ।
बालिकाहरुले अभिभावकसँग शिक्षकले हिंसा गरेको कुरा बताएपछि आइतबार विद्यालयमा अभिभावक, शिक्षक र विद्यार्थीसहित छलफल आयोजना गरिएको थियो । छलफलका क्रममा पीडित बालिकाहरु प्रधानाध्यापकले आफूहरुलाई गर्ने व्यवहार खुलस्त रुपमा बताएपछि अभिभावकहरुले प्रधानध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाइदिएका थिए ।

कालोमोसो र जुत्ताको मालासहित देवीस्थान प्रहरी चौकी फलेवासले प्रधानध्यापकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्वतमा साउन ६ गते नै बुझाएको थियो । जिल्ला प्रहरी कार्यालय पर्वतले साउन ७ गते पीडित ४ जना बालिकाका अभिभावकको छुट्टाछुट्टै जाहेरी दर्ता गरी सोमबार नै पर्वत जिल्ला अदालतमा जबरजस्ती करणी र अप्राकृतिक यौन हिंसा सम्बन्धी मुद्धा दर्ता गराएको थियो ।
पर्वत जिल्ला अदालतमा मुद्धा दर्ता गरिएको र पीडित बालिकाहरुसहित अभिभावकसँग घटना सम्बन्धी थप सोधपुछ र अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डीएसपी दिलिप घिमिरेले जानकारी दिनुभयो ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो