तनहुं : सवारी दुर्घटना १ जनाको मृत्यु
मिति २०७५।०४।०८ गते ०७:५० बजेको समयमा जिल्ला तनहुं आबुखैरेनी गांउपालिका -२ मार्की चोक ड्याम स्थित पृथ्वीराजमार्गमा आबुखैरेनीबाट डुम्रे तर्फ जादै गरेको ना ४ ख ५३५५ नम्वरको ट्रक र विपरित दिशाबाट आउदै गरेको ग ६ प २९८७ नम्वरको मोटरसाईकल एक- आपसमा ठक्कर खाँदा मोटरसाईकल चालक जिल्ला तनहुं मिर्लुङ बस्ने वर्ष २९ को मंजित गुरुङ घाइते भई उपचारको लागि छिम्केश्वरी अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ । उक्त स्थानमा तत्कलै प्रहरी टोली खटिगई दुवै सवारी साधन र ट्रक चालकलाई नियन्त्रणमा लिईएको छ ।
पर्बत : करेन्ट लागि ६ जना घाइते
मिति २०७५।०४।०८ गते अन्दाजी १२:०० बजेको समयमा जिल्ला पर्बत मोदि गाउँपालिका ५ स्थित खोलाखेत भन्ने स्थानमा बिजुलिको ट्रान्समिटर पड्की नजिकका ४\५ घरमा क्षेति भएको र उक्त दुर्घटनामा ६ जना घाईते भएका छन् । घाइतेहरुहरुलाई उपचारको लागि जिल्ला अस्पताल पर्बतमा लगिएकोमा थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरा रिफर गरिएको छ ।
घाईते हुनेहरुमा
जिल्ला पर्बत मोदी गाउँपालिका ५ खोलाखेत बस्ने वर्ष ५२ को यम ब. परियार, सोहि स्थान बस्ने रुपा परियार, मनिषा परियार, पुतलि परियार, ममता परियार, विमल परियार ।
स्याङ्जा : लागुऔषध सहित पक्राउ
मिति २०७५।०४।०८ गते सादा पोशाकमा खटिएको प्रहरी टोलीले अन्दाजी १५: ०० बजेको समयमा जिल्ला स्याङ्जा पुतली बजार नगरपालिका १ शहिदचोक स्थित सिद्वार्थ राजमार्गमा वालिङबाट पोखरातर्फ आउदै गरेको ग१ख ३१६५ न.को हाईसमा सवार जिल्ला स्याङ्जा फेदीखोला गाउ पालिका-४ बस्ने वर्ष २६ को विश्वास गुरुङको साथबाट डाईजेपाम-९३(2ml),फेनरागन ९८(2ml) र नाम नखुलेको ९७(2ml) गरी जम्मा २०८ थान लागुऔषध सहित पक्राउ गरेको छ । पक्राउ परेका निज उपर थपअनुसन्धान भईरहेको छ ।
प्रहरी उपरीक्षक
(विरेन्द्र कुमार वस्याल)
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ