पाेखरा अाउँदै गरेकाे कार त्रिशुलीमा खस्दा बैदामका प्याराग्लाइडिङ व्‍यवसायी सुवेदीको निधन

पाेखरा अाउँदै गरेकाे कार त्रिशुलीमा खस्दा बैदामका प्याराग्लाइडिङ व्‍यवसायी सुवेदीको निधन

Madhukar_-Subedi

पोखराका प्याराग्लाइडिङ व्यवसायी मधुकर सुवेदीकाे दुर्घटनामा ज्यान गएकाे छ । पृथ्वी राजमार्गको नौबिसे-मुग्लिन सडकखण्ड अन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ जहरेखेतबाट त्रिशुली नदीमा कार खस्दा त्यसमा सवार उनको मृत्यु भएको हाे ।

काठमाडौँबाट पोखरा फर्कने क्रममा दुर्घटनामा
बैदामका सुवेदीकाे मृत्यु भयाे भने घटनामा शैलेन्द्र रावत र बाबु सुनुवार सामान्य घाइते भएका छन्। उनीहरु पौडेर बाँच्न सफल भएका हुन्।

काठमाडौँबाट पोखरातर्फ अाउँदै गरेको वा १४ च ३७५८ नम्बरको कार ट्रकलाई ओभरटेक गर्ने क्रममा तीव्र गतिका कारण त्रिशुलीमा एक्कासी खसेको थियो।

नेपाल प्याराग्लाइडिङ तथा ह्यङग्लाइडिङ संघका कोषाध्यक्ष समेत रहेका मधुकर सुवेदी र अन्य पर्यटन ब्यवसायीहरु प्यराग्लाइडिङ सम्बन्धी साफ गेम र एसियन गेमसँगै ब्यवसायिक कामले काठमाडौ गएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ