वर्खाको समय । सेती नदिमा वहाव बढ्दो छ । पछिल्लो साता नदिमा वेवारिसे शव एकपछि अर्को देखा परिरहेका छन् । देखेभेटेसम्म प्रहरीले शव निकालेको छ । त्यसबाहेक प्रहरीले यसरी आत्महत्या गर्नेहरुको खोजीका लागि बढी समय खर्चनुपरेको छ । गत सातामात्रै तीन हप्ताको निरन्तर खोजीपछि पोखरा महानगरपालिकाका वरिष्ठ अधिकृत ओमराज पौडेलको शव तनहुँमा भेटिएको थियो ।
पोखरा सभागृह गेट नजिकै व्यवसाय गर्दै आएका फणिन्द्र ढुंगाना वेपत्ता भएका छन् । उनी वेपत्ता भएपछि प्रहरी फेरि सेती खोँचमै केन्द्रित भएको छ । इभा ट्रेडर्सका संचालक ३५ वर्षीय ढुंगाना शनिबार बेलुकीदेखि सम्पर्कविहीन भएका हुन् । कास्की धिताल घर भएका ढुंगानाका श्रीमती, छोरी र एक महिनाको छोरो छ ।
स्कुटर लिएर निस्केका ढुंगाना त्यसपछि घर फर्केनन् । उनको आफन्तले रातभर खोजी कार्य गरेपनि अत्तोपत्तो लाग्न सकेन । पोखराको चोरसाँघु नजिकै एसओएस स्कुल अगाडि उनको को २३ प ५७६८ नम्बरको स्कुटर फेला परेको ढुंगानाको पसल नजिकैको स्थानीयले बताए । उनको स्कुटरमा एउटा चिठ्ठी समेत फेला परेको छ । पुल नजिकै स्कुटर बेवारिसे अवस्थामा फेला पर्नु, त्यसमा परिवारका लागि सानो पत्र लेखेको भेटिनु र एक स्थानिय युवाले आफूले एक पुरुष झुलुक्क देखेको घटना सुनेपछि त्यहि पुलबाट हाम फालेको हुन सक्न आशंका प्रबल छ ।
जानकारहरुले उनको व्यवहार बिग्रेको र यसकै टर्चरका कारण चिन्तामा रहेको बताएका छन् । पत्रमा पनि बाहिरी मानिसको व्यवसायिक टर्चरले घर छोडेर हिँड्न बाध्य भएको उल्लेख गरेका छन् ।
यसैबीच, पोखराको चोर साँघुबाट मानिस हामफालेको आशंकामा नेपाल प्रहरी तथा सशस्त्र टोलीको रेस्क्यु टिमले खोजिकार्य शुरु गरेको छ । स्थानियका अनुसार चोर साँघु पुल नजिकै एक पुरुषले स्कुटर रोकेर पुलमा आएर चुरोट पिउँदै गरेको र पछि पुलबाट केही खसे जस्तो आवाज आएपछि त्यहाँ हेर्दा मान्छे देखिएन ।
कास्की प्रहरीले पनि घटनाको प्रारम्भिक अनुसन्धानलाई हेर्दा त्यहींबाट हाम्फालेको जस्तो देखिएको आशंका गरेको छ । पुल नजिकै स्कुटर भेटिनु, पुलमुनि रहेको घाँस मडारिनुका साथै भाँचिएको देखिनु र स्कुटर भित्र उनले लेखेको चिठ्ठी हेर्दा ढुंगाना नै हाम फालेको हुन सक्ने प्रहरीको आँकलन छ ।
बिहान १० बजेदेखि खोजीकार्यमा जुटेको प्रहरी र सशस्त्रको उद्धार टोलीले सो स्थानमा खोजी गर्दा फेला पार्न नसकेपछि ढुंगेसाँघु हुँदै दोबिल्लातर्फ अघि बढेको जनाएको छ । झन्डै डेढ सय मिटर गहिरो सेती खोंचमा जोखिमका बीच सशस्त्र टोलीका १ दर्जन रेस्क्यु टोलीले झन्डै साढे ३ घण्टासम्म प्रयास गर्दा केहि पत्तो लागेन ।

सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ